२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते

२०७४, ९ मंसिर शनिबार ०६:१७

मङ्सिर ९, गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  

गएराति करिब ८ बजेतिर जिल्लाको पडौल–रौजा सडकखण्डमा बलवा नगरपालिका–७ स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ सवारी बोकी आउँदै गरेको ज१त ८४११ नंको ट्र्याक्टरले विपरीत दिशाबाट बा२४प ५०५२ नंको मोटरसाइकल चलाएर आउँदै गरेका साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । 

सोही घटनासँगै ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार १५ जना यात्रुसमेत घाइते भएको र उनीहरुको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ । 

घटनापश्चात् ट्र्याक्टर चालक फरार भएका छन् भने शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु