२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा परिक्षा अवधिमा मेडिकल लिनपरे परिक्षार्थीलाई एम्बुलेन्स सेवा

१८ चैत्र २०७२, बिहीबार १०:०६

kantipur hospitalडिल्लीराज रावत/चैत्र १८, सल्यान । सल्यानको शिवजन उमाविमा रहेको परिक्षा केन्द्रले एसएलसी परिक्षामा सहभागि विद्यार्थीको लागि एम्बुलेन्स सहितको औषधी उपचारको व्यवस्था गरेको छ ।

सल्यानको शित्तलपाटीमा रहेको उक्त परिक्षा केन्द्रमा परिक्षाको अवधिमा हुने आकस्मिक दुर्घटनालाई समाधान गर्न कान्तिपुर अस्पतालले उपचार र एम्बुलेन्स निशुल्क प्रदान गरेको केन्द्राध्यक्ष वीर बहादुर सेजवालले जानकारी दिएका छन ।

शारदा उमावि शंखमुल, महेन्द्र मावि लेखपोखरा र जनसेवा मावि हिवल्चाका २ सय ११ जनालाई उपस्थित परिक्षार्थीलाई अविर लगाएर परिक्षाकेन्द्रमा स्वागत गर्दै प्रवेश गराइएको थियो । अविर लगाउनुको उद्देश्य विद्यार्थीको मानसिकतालाई बलियो बनाई निर्धक्क संग लेख्नसक्ने बनाउने रहेको केन्द्राध्यक्ष वीर बहादुर सेजवालले जनाएका छन ।

आज परिक्षाको पहिलो दिन एसएलसीका परिक्षार्थीले अंग्रेजी विषयको परिक्षा दिएका छन । सल्यानमा यसबर्ष एसएलसी परिक्षाका लागि २४ वटा परिक्षाकेन्द्र तोकिएको छ । सबै परिक्षा केन्द्रमा परिक्षा मर्यादित भएको जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जनाएका छन ।

जिल्लाको परिक्षा मर्यादित बनाउनलाई जिल्ला शिक्षा कार्यालय सल्यानले अनुगमनका र निरिक्षणका लागि विद्यार्थी संगठन, शिक्षक पेशागत संगठन, पत्रकार लगायत शिक्षासंग सरोकारवालालाई अनुगमनका लागि सिफारिस गरेको थियो भने जिल्लाभरका सबै केन्द्रमा विद्यार्थीलाई स्वागत गर्न निर्देशन गरे अनुसार सबै ठाउँमा स्वागत पनि गरिएको थियो ।

सल्यानका त्रिभुवन जन उच्च मावि लुहापिङ्ग, शिवजन क्याम्पस र निराजन मावि ढोरचौरमा पनि परिक्षा शान्त र मर्यादित रुपमा संचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ