२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

राजनैतिक क्रान्ति सकियो, आर्थीक क्रान्ति वाँकीः प्रभाकर

२०७२, १९ चैत्र शुक्रबार २१:०७

janardanगणेश सिर्पाली । चैत्र–२०, रुकुम । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले अवको समय आर्थीक क्रान्तिको भएको बताउनुभएको छ । संविधान जारी भैसकेको अवस्थामा अव सबैको ध्यान आर्थीक विकासमा जान जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

रुकुमको आठविसकोटमा सहिद नेत्र ओलीको सालिक अनावरण गर्दै नेता प्रभाकरले जिल्लाको विकासका लागी जिल्ला स्थित सबै राजनितिक दलहरुको सहकार्य समेत आवश्यक रहेको उहाँको भनाई छ । त्यस्तै सहिद नेत्र ओलीले पार्टीलाई पुर्याएको योगदानको कदर हुने बताउनुभयो ।

दोस्रो संविधान सभाको निर्वाचनको क्रममा पार्टीको प्रचार प्रसारमा गएको बेला २०७० मा ओलीको रुकुम घेत्माको गाउँबारीमा हत्या भएको थियो । ओलीको सम्झनामा पार्टीले आठविसकोट राडिको माथिल्लो पिपलबोटमा निर्माण गरेको शालिक नेता प्रभाकरले अनावरण गर्नुभएको हो ।

एमाओवादी गाउँ सम्मेलन आयोजक समिति संयोजक चन्द्र वहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेता प्रभाकरको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला अध्यक्ष गोपाल शर्मा अनल, सह सचिव धर्म वहादुर केसी जिज्ञाशु, सहिद नेत्र ओलीका बुवा महाविर ओली, आमा बल कुमारी ओली, अंकल थलविर ओली लगाएतको पनि आतिथ्यता रहेको थियो ।

जनक वटालाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन गंगाराम चनाराले गर्नुभएको थियो । यसैविच नेता प्रभाकरले आठविसकोटका पार्टी कार्यकर्ता संग भेटघाट तथा छलफल समेत गर्नुभएको बताईएको छ ।

यसैविच नेता प्रभावकरले मग्माका पार्टी कार्यकर्ता संग भेटघाट गर्नुका साथै अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको छ । नेता प्रभाकरले समसामयिक राजनितिक परिस्थिति, पार्टीको भुमिका, पार्टी सुधृढीकरण लगाएतका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।

यस्तै आज विहान नेता प्रभाकरले गाविसमा रहेका सहिदका परिवारसंग भेटघाट गर्नुभएको छ । भेटका क्रममा सहिद परिवारका सुझाव समेत संकलन गर्नुभएको थियो । आज रुकुमकोटमा हुने सर्वपक्षिय अन्तरक्रिया कार्यक्रममा उहाँ सहभागी हुने उहाँ संगै टोलीमा रहनुभएका एमाओवादी जिल्ला अध्यक्ष गोपाल शर्मा अनलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु