पढ्न करिब 3 मिनेट लाग्छ

टेक शाही/मङ्सिर १८, डोल्पा । माथिल्लो डोल्पामा चुनाव प्रचार प्रशारमा गएका एक जना एक सातादेखि ब्यपत्ता भएका छन ।

मँसिर १० मा भएको निर्वाचनका बेलामा माथिल्लो डोल्पा गठबन्धनको प्रचारमा गएका त्रिपूरा सुन्दरी नगरपालिका वडा ५ का हरि बम ठकुरि ब्यपत्ता भएका हुन । अन्दाजी बर्ष ४५ का ठकुरि मँसिर ११ गते शे–फोक्सुण्डो गाँउपालिकाको शे–गुम्बाबाट साथिहरुसँग सम्पर्क बिहिन भएका थिए ।

११ गते बुलका शे–गुम्बामा फरक–फरक स्थानमा बसेको १२ गते बिहान देखि कतै पनि सम्पर्क नभएको सँगै प्रचारमा हिडेका जगदुल्ला गाँउपालिका ५ का बिष्ण बहादुर बि.क.ले जानकारि दिए । उनका अनुसार ठकुरि गुम्बामा प्ुजारिको थिए आफु चौरि गोठमा आफन्तकोमा बसे बिहान जाम भन्दा पुजारिले आफुलाइ पनि जानकारि नदिएर हिडेको बताए ।

सँगै प्रचारमा गएको साथि दिन भर शे–फोक्सुण्डो पुग्दा सम्म पनि सम्पर्कमा नआए पछि शे–गुम्बातिर पनि खावर गरेको र जिल्ला पार्टिलाइ पनि जानकारि गराएको बिष्ण बहादुर बि.क.ले जानकारि दिए । उनले भने बेलुका फरक फरक बसे पनि बिहान सँगै जाने कुरा ११ गते बेलुका भएको भए पनि १२ गते बिहान देखि सम्पर्क नभएको बताए ।

समयमा जिल्लाको पार्टि मार्फत आफन्तलाइ जानकारि गराएको र आज सातौँ दिन बल्ला माओबादि केन्द्रको पहलमा पार्टिका २ जना र आफन्त २ जना गरि ४ जना शे–गुम्बातिर खोजिमा गएको ठकुरिका आफन्त पौरखले जानकारि दिए । उनले भने जिवीत पाउने आसा त छैन तर पनि लास नै भए पनि आफन्तले चित्त बुझाउने बताए । ब्यपत्ता रहेका हरि बम ठकुरिका छोराछोरि भने छैनन श्रीमति मात्र छिन ।

मँसिर १० मा भएको निर्वाचनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र न २ को शे–फोक्सुण्डो गाँउपालिकामा प्रचारमा गएका हरि बम ठकुरिको घटनाको बिषयमा कुनै पनि जानकारि नभएको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रमूख प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले जानकारि दिए । उनले भने एकै पटक स्थानिय मिडियाले बाहिर ल्याए पछि मात्र आफुले थाहा पाएकोले घटनाको अन्य कुनै जानकारि नभएको शर्माले बताए ।

अन्दाजी ४६ बर्षका ठकुरि माथिल्लो डोल्पाको ५६ सय मिटर भन्दा उच्च हिमाली क्षेत्रमा प्रचारमा गएका थिए । शे गुम्बाट एक्लै बिहन हिडेको र बिचामा खाने कुरा नपाएर चिसोले मृत्यू नै भएको हुन सक्ने आँसका प्रचारमा गएकाहरुले बताउछन । प्रचारमा गएकाले पनि आउने बाटोबाट कतै पनि फेला नपरेको र अन्य बटुवाले पनि फेला नपारेको सुनाए पछि उनि ब्यपत्ता भएको भन्ने माथिल्लो डोल्पा गएका टोलीले बताउछन ।

गठबन्धनलाइ जिताउन भन्दै प्रचारमा गएका ठकुरी माओबादि केन्द्रका कार्यकर्ता हुन । चुनावी प्रचार प्रशार गर्ने र निर्वाचनका दिन पार्टिको तर्फबाट मतदानमा केन्द्रमा एजेन्ट बस्ने भनेर माओबादि केन्द्रका १२ जना ,एमालेका १४ जना र नेपाली काग्रेसका १० जना गरि तिन दर्जन कार्यकर्ता माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाँउपालिका पुगेका थिए । निर्वाचन आयोगले एजेन्टको लागि सम्बन्धीत मतदान केन्द्रको मतदाता हुनु पर्ने भने पछि उनिहरु सदरमुकाम फकिएदै गर्दा ठकुरि ब्यपत्ता भएका हुन । हरि बम ठकुरिलाइ जिवीतै पाउने आसा भने परिवारले मारेको छैन ।