गणेश सिर्पाली/चैत्र–२०, रुकुम । नेपाल वार एशोसिएसन रुकुमको अध्यक्षमा यक्क वहादुर पाण्डे निर्वाचित भएका छन् । आज सम्पन्न वार रुकुमको चौथो जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ८ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो ।
उपाध्यक्षमा भवनेश्वर उपाध्याय, सचिव रत्नवहादुर खड्का र कोषाध्यक्षमा ठगेन्द्र प्रकास पुरी रहेका छन् । मुसिकोटमा सम्पन्न अधिवेशनबाट सर्वसहमतिमा नेतृत्व चयन गरिएको हो ।
निवर्तमान अध्यक्ष भुवनेश्वर शर्माको अध्यक्षतामा भएको अधिवेशनमा वारका केन्द्रीय उपाध्यक्ष पदम प्रसाद वैदिकको प्रमुख आतिथ्यता रहेको थियो ।