२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

शहिद पिता चन्द्रकान्त शर्माको श्रदाञ्जली

२२ चैत्र २०७२, सोमबार २१:२४

गणेश सिर्पाली/चैत्र–२३, रुकुम । जनयुद्धका सहिद यज्ञश्वर शर्मा र यमुना शर्माका पिता चन्द्रकान्त शर्माको निधनभएको सातौं दिनको पुण्य तिथिमा श्रदाञ्जली सभा सम्पन्न भएको छ ।

मृतक शर्माकी बुहारी एवं पुर्व सभासद दामा कुमारी शर्माको अध्यक्षतामा श्रदाञ्जली सभा भएको हो । मृतक चन्द्रकान्तको घर नुवाकोटमा भएको सभामा उपस्थितले मृतकको फोटोमा अविरआवरण तथा माल्यार्पण गरेर श्रदाञ्जली अर्पण गरेको बताईएको छ ।

श्रदाञ्जली सभामा मृतक चन्द्रकान्तकी पत्नी सितादेवी शर्माको प्रमुख आतिथ्यता रहेको थियो । एमाओवादी जिल्ला सचिवालय सदस्य विशाल शर्मा, गाउँ समिति अध्यक्ष अतिराम बिष्ट, मृतकका आफन्तले श्रदाञ्जली मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै मृतककी बुहारी दामा शर्माले दुःखको घडीमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

पुरानो परम्परालाई तोड्न मृतकका नाममा काजक्रिया लगाएतका काम नगरिएको उहाँले बताउनुभयो । पुरानो संस्कार विपरित मृतक चन्द्रकान्तको सामान्य रुपमा अन्त्यष्टी गरिएको थियो । श्रदाञ्जली सभाको संचालन मृतकका छोरा श्रीकृष्ण शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’