३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

डाक्टरको लापर्बाहीले बिरामीको ज्यान गएको आरोप

२६ चैत्र २०७२, शुक्रबार ०६:२०

गणेश सिर्पाली, चैत्र २६, रुकुम । जिल्ला अस्पताल सल्ले रुकुममा उपचारका लागि लगिएका बिरामीको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापर्वाहीले मृत्यू भएको आरोप लगाएका छन् । जिल्लाको चौखाबाङ गाविस वडा नं. ५ अदुवारीका ४८ बर्षिय नेपबहादुर ओलीलाई विहिवार साँझ अस्पताल पु¥याइएको थियो ।

मुटु दुखेर विरामी परेपछि अस्पताल पु¥याइएका ओलीको आज विहान सवा ६ वजेतिर मृत्यू भएको थियो । डाक्टरहरुको लापर्बाही कारण बिरामीको अकालमै ज्यान गएको भन्दै आफन्तजनहरु आक्रोशित वनेका छन । बिरामीको चेकजाँचमा डाक्टरहरुले बेवास्ता गरेको मृतक ओलीका भाई जयवहादुर ओलीले वताउनुभयो ।

हामीले विरामीको चेकजाँचका लागी डाक्टरहरुलाई अनुरोध ग¥यौं तर वास्ता गरिएन जयवहादुरले भन्नुभयो–“‘शुरुमा एकछिन चेक गरेर अवस्था सामान्य छ भन्दै ग्यास्टिकको औषधी दिए, सलाईन चढाए तर रातभरी डाक्टर हेर्न आएनन्, सलाईन सक्किएर उल्टै बिरामीको रगत सलाईनको बोतलमा तानेको थियो । अस्पतालमा कार्यरत डाक्टरहरुले विरामीको चेकजाँच गर्नुको साटो वेलुका उल्टै मदिरा सेवन गरेर रातभर मस्ती गरेको आफन्तजनहरुको आरोप छ । सामान्य बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्तहरुले विहान एकछिन अस्पतालको कामकाज समेत प्रभावित वनाएका थिए ।

अस्पतालमा अवरोध गर्दा अन्य बिरामीहरुको स्वास्थ्यमा समस्या हुने कुरालाई ध्यानमा राखी मृतकका आफन्तहरु मानबअधिकारकर्मी तथा पत्रकारहरुलाई गुहार्न पुगेका थिए ।

१५ दिनमा सत्यतत्थ्य पत्ता लगाउने गरि छानविन समिति गठन गर्ने र शव गाउँमै पु¥याउन गाडिको व्यवस्था गर्ने सहमति भएपछि आफन्तले शव वुझेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’