२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

डाक्टरको लापर्बाहीले बिरामीको ज्यान गएको आरोप

२०७२, २६ चैत्र शुक्रबार ०६:२०

गणेश सिर्पाली, चैत्र २६, रुकुम । जिल्ला अस्पताल सल्ले रुकुममा उपचारका लागि लगिएका बिरामीको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापर्वाहीले मृत्यू भएको आरोप लगाएका छन् । जिल्लाको चौखाबाङ गाविस वडा नं. ५ अदुवारीका ४८ बर्षिय नेपबहादुर ओलीलाई विहिवार साँझ अस्पताल पु¥याइएको थियो ।

मुटु दुखेर विरामी परेपछि अस्पताल पु¥याइएका ओलीको आज विहान सवा ६ वजेतिर मृत्यू भएको थियो । डाक्टरहरुको लापर्बाही कारण बिरामीको अकालमै ज्यान गएको भन्दै आफन्तजनहरु आक्रोशित वनेका छन । बिरामीको चेकजाँचमा डाक्टरहरुले बेवास्ता गरेको मृतक ओलीका भाई जयवहादुर ओलीले वताउनुभयो ।

हामीले विरामीको चेकजाँचका लागी डाक्टरहरुलाई अनुरोध ग¥यौं तर वास्ता गरिएन जयवहादुरले भन्नुभयो–“‘शुरुमा एकछिन चेक गरेर अवस्था सामान्य छ भन्दै ग्यास्टिकको औषधी दिए, सलाईन चढाए तर रातभरी डाक्टर हेर्न आएनन्, सलाईन सक्किएर उल्टै बिरामीको रगत सलाईनको बोतलमा तानेको थियो । अस्पतालमा कार्यरत डाक्टरहरुले विरामीको चेकजाँच गर्नुको साटो वेलुका उल्टै मदिरा सेवन गरेर रातभर मस्ती गरेको आफन्तजनहरुको आरोप छ । सामान्य बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्तहरुले विहान एकछिन अस्पतालको कामकाज समेत प्रभावित वनाएका थिए ।

अस्पतालमा अवरोध गर्दा अन्य बिरामीहरुको स्वास्थ्यमा समस्या हुने कुरालाई ध्यानमा राखी मृतकका आफन्तहरु मानबअधिकारकर्मी तथा पत्रकारहरुलाई गुहार्न पुगेका थिए ।

१५ दिनमा सत्यतत्थ्य पत्ता लगाउने गरि छानविन समिति गठन गर्ने र शव गाउँमै पु¥याउन गाडिको व्यवस्था गर्ने सहमति भएपछि आफन्तले शव वुझेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु