७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका ५ गाविस पुर्ण सरसफाईयुक्त वन्दै

१४ बैशाख २०७३, मंगलवार १२:३४

गणेश सिर्पाली, वैशाख–१४, रुकुम । रुकुम जिल्लाका ५ गाविसलाई सन् २०१६ भित्र पुर्ण सरसफाई युक्त घोषणा गरिने भएको छ । जिल्लाका चौखावाङ, स्यालापाखा, रुघाँ, मुरु र सिम्लीलाई यसैवर्ष भित्र पुर्ण सरसफाई युक्त गाविस घोषणा गरिने भएको हो ।

जिल्ला खुला दिसा मुक्त घोषणा भैसकेको अवस्थामा जिल्लालाई पुर्ण सरसफाई युक्त बनाउने लक्ष अनुशार पहिलो चरणमा ५ गाविसलाई छनौट गरिएको हो । पुर्ण सरसफाईका ६ ओटा सुचक मध्य चर्पी निर्माण भई प्रयोग भैरहेको र अन्य सुचकहरु पुरा गर्दै उक्त गाविसहरुलाई पुर्ण सरसफाई युक्त घोषणा गरिने छ ।

व्यक्तिगत सरसफाई, न्युनतम आवश्यक तथा सुरक्षित पानीमा पहँुच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ आँगन र वातावरणिय स्वास्थ्यमा पुर्ण रुपमा सुधार आएमा पुर्ण सरसफाई युक्त क्षेत्र घोषणा गर्ने प्रावधान रहेको छ । अहिले सम्म मुसिकोट नगरपालिका १ को चन्दननाथ टोल र सल्ले माथीगाउँ गरी २ ओटा टोल मात्र पुर्ण सरसफाई युक्त घोषणा भएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले मुसिकोटमा पुर्ण सरसफाई सम्वन्धी पत्रकारहरुको लागी कार्यशाला गोष्ठीको आयोजना गरी सन् २०२० सम्ममा जिल्लालाई पुर्ण सरसफाई युक्त बनाउने लक्ष रहेको र यो वर्ष ५ गाविस पुर्ण सरसफाई युक्त बनाईने जानकारी गराएको हो ।

गोष्ठीमा सहभागी पत्रकारहरुले सरसफाई प्रवद्र्धनमा पत्रकारहरुको भुमिका र पुर्ण सरसफाई युक्त गाविस घोषणाको कार्ययोजना बनाएका छन् । २ समुहमा विभाजन भई बनाईएको कार्ययोजना जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकमा पेश गरिने छ । कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लालाई खुला दिसा मुक्त बनाउन पत्रकारहरुले खेलको भुमिका महत्वपुर्ण रहेको भन्दै जिल्लालाई तोकिएको समयमै पुर्ण सरसफाई युक्त जिल्ला बनाउन पनि पत्रकारहरुको भुमिका महत्वपुर्ण हुनुपर्ने बताएका थिए । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी भरत कुमार शर्माको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

गोष्ठीमा जिल्ला शिक्षा अधिकारी रामलाल खड्का, देविदल गणका सेनानी रुद्र गुरुङ, प्रहरी नायव उपरिक्षक रुपेश खड्का, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दाहाल, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख दिनेश अधिकारी लगाएतको आतिथ्यता रहेको थियो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रुकुमेली समाज विकास केन्द्र, एसएनभी नेपालको सहयोगमा संचालित गोष्ठीको सहजिकरण रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसीले गर्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका नायव सुब्वा पुर्ण वहादुर बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा बिभिन्न देशबाट नेपाल आएका भान्छेहरुको महासंग्राम, अध्यक्षमा अधिकारी (तश्वीरहरु) रुपन्देहीमा अज्ञात व्यक्तिद्वारा महिलामाथि गोली प्रहार धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’ भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन विद्यालयका प्रधानाध्यापक मृत भेटिए बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए, गाउँपालिकाद्एवारा एक लाख प्रदान दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाए बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : पृथ्वीसुब्बा गुरुङ घनश्याम उपाध्यायले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे