४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

शहिदको सम्झनामा १ लाख १५ हजार १५ को अक्षय कोष

१४ बैशाख २०७३, मंगलवार १२:३४

गणेश सिर्पाली । वैशाख–१४, रुकुम । रुकुमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा “चन्द्रकान्त, यज्ञश्वर र युमना शर्मा” अक्षय कोष स्थापना गरिएको छ । नुवाकोट ७ रुकुमका स्वर्गीय चन्द्रकान्त शर्मा र उहाँका छोरा, छोरी जनयुद्धका सहिद यज्ञश्वर र यमुनाको सम्झनामा अक्षय कोष स्थापना गरिएको हो ।

चन्द्रकान्तका छोरी ज्वाई मुकुन्द प्रसाद शर्मा र छोरी शुशिला शर्माले १ लाख १५ हजार १५ रकमको अक्षय कोष स्थापना गर्नुभएको छ । मुकुन्द प्रसाद शर्मा क्याम्पसका उप प्राध्यापक हुनुहुन्छ भने शुशिला शर्मा यमुना नन्द नमुना मावि शेरिगाउँकी समेत शिक्षिका हुनुहुन्छ । अक्षयकोषको व्याजबाट उठेको रकमबाट बर्षेनी सहिद परिवारका छोराछोरी, गरिब तथा विपन्न र जेहेनदार विद्यार्थीहरुलाई पुरस्कृत र सम्मानित गरिने छ । विद्यार्थीहरुलाई कुनै एक शिर्षकमा यज्ञश्वर शर्मा दिवंगत भएको भदौ १७ गते हरेक वर्ष पुरस्कृत गरिने बताईएको छ ।

यसैविच अक्षयकोष वितरणका लागी उप प्राध्यापक मुकुन्द प्रसाद शर्माको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा शुसिला शर्मा र क्याम्पस प्रमुख रहने जानकारी दिईएको छ । अक्षयकोषको संरक्षकमा सितादेवी शर्मा, दामा कुमारी शर्मा र श्रीकृष्ण शर्मा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह