पर्वत ।जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतले न्याय खोज्न आएका एक शिक्षकको उजुरी दर्ता गर्नको लागि आनाकानी गरेको छ । बाच्छामा रहेको जनप्रिय प्राविका प्रअ शिवबहादुर पाठकमाथि गत आइतबार फलेवास नगरपालिका ११ अम्डीमा  कुटपिट भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतले न्याय खोज्न आएका एक शिक्षकको उजुरी दर्ता गर्नको लागि आनाकानी गरेको छ । बाच्छामा रहेको जनप्रिय प्राविका प्रअ शिवबहादुर पाठकमाथि गत आइतबार फलेवास नगरपालिका ११ अम्डीमा  कुटपिट भए"/>
१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मान्छे मार्ने नियतले कुटपीट हुदाँ समेत प्रशासन र प्रहरीले उजुरी दर्ता गरेन

१ पुष २०७४, शनिबार ०३:५२

पर्वत ।जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतले न्याय खोज्न आएका एक शिक्षकको उजुरी दर्ता गर्नको लागि आनाकानी गरेको छ । बाच्छामा रहेको जनप्रिय प्राविका प्रअ शिवबहादुर पाठकमाथि गत आइतबार फलेवास नगरपालिका ११ अम्डीमा  कुटपिट भएको     थियो । टाउकोमा गम्भीर चोट लाग्ने      गरी कुटपीट गरेको र  सात वटा टाँका समेत लगाएको भएपनि पीडीत पक्षको     कुरा नसुनी प्रशासन र जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गर्नको लागि आनाकानी गरेको पीडित शिक्षकको आरोप छ ।  पुरानो रिसिवी साध्न नेपाली काँग्रेस फनपा ११ का कोषाध्यक्ष हर्कबहादुर कँडेल र सोमबहादुर कँडेल क्षेत्रीले  उनीमाथि ज्यानमार्ने नियत राखि हमला     गरेको उनको आरोप छ ।

पीडित पक्षलाइ न्याय दिनुको सट्टा प्रशासन र प्रहरीले पीडित पक्षको कुरानै नसुनि पिडक पक्षको एक तर्फी कुरा सुनी थप पीडा दिएको भन्दै शिक्षक पाठकले विज्ञप्ती मार्फत आफूले न्याय नपाएको गुनासो गरेका छन् । पिडित शिक्षक पाठकले खुलेआम सार्वजनिक स्थानमा एक शिक्षक मरणसन्न हुने गरी कुटिदाँ पनि न्याय पाउन नसकेको विज्ञप्तीमा उल्लेख गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय पर्वतका  डिएसपी दिलिप घिमिरेले दोषी स्वयम पीडित भएनिका व्यक्ति शिक्षक पाठकनै भएको बताएका छन् ।

रक्सी सेवन गरी तीन जना एकाआपसमा झगडा गरेको स्थानीयलाई उदृत गर्दै उनले भने । हामीले दोषि भनिएका व्यक्ति, स्थानीयबासी, वडा अध्यक्ष सवैलाई छलफलमा राखेर घटनाको बारेमा बुझेका थियौं । घटनाको बारेमा बुझ्दा चोट शिक्षक पाठक माथि लागेपछि घटनाको मुख्य जड शिक्षकनै रहेको उनले बताए ।सवै प्रक्रिया र सहमति मिलेपछि मात्रै हामीले मुद्धा दर्ता नगरी सहमतिमानै टुंगाएका हौ उनले     भने । उनले जिल्लामा हुने अधिकांश घटनाहरुको मुख्य जड मदिरा भएको बताए । हामी कहाँ जतिपनि घटनाहरु आउँछन त्यसको ८० प्रतिशत घटना मदिरासँग जोडिएका छन् । उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ