2026-07-24 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संरचना साकाेसकाे ८औँ वार्षिक साधारणसभा एवम् बनभाेज कार्यक्रम सम्पन्न

प्रज्वल पाैडेल/पुस २, काठमाण्डौं । संरचना बचत तथा ऋण सहकारी संस्थाकाे अाठाैँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेकाे छ।

शनिबार काठमाण्डौंस्थित चाेभारमा अायाेजित भेलाले रूद्रहरी अधिकारीकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे हाे । नवगठित कार्यसमितिको उपाध्यक्षमा मञ्जु पहाडी, सचिवमा सुशील पाैडेल, काेषाध्यक्षमा ज्ञानु श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कमल अधिकारी, निर्मल पाैडेल,सुरेन्द्र लामा,भूपेन्द्र भुषाल,सुजित श्रेष्ठ,सविन श्रेष्ठ र कविता खत्री रहेका छन् ।

यसैगरी सहकारी संस्थाले विभिन्न उपसमिति समेत गठन गरेकाे छ । जसअन्तरगत रीता उप्रेतीकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति गठन भएकाे छ । सदस्यहरूमा कमला बज्राचार्य,राजेन्द्र थापा रहेका छन् । यस्तै सुरेन्द्र लामाकाे संयाेजकत्वमा ३ सदस्यीय ऋण समिति गठन भएकाे छ । सदस्यहरूमा कृष्णमाया श्रेष्ठ, गाैतम लामिछाने रहेका छन् ।

कार्यक्रममा सहकारी संस्थाका सचिव सुशील पाैडेलले स्वागत मन्तव्य राखे । त्यस्तै काेषाध्यक्ष कमलप्रसाद अधिकारीले अार्थिक प्रतिवेदन प्रस्तुत गरे ।

सहकारीका अध्यक्ष रूद्रहरी अधिकारीकाे अध्यक्षतामा भएको साे कार्यक्रममा अतिथिहरूमा नमुना दिप युवा क्लबका सचिव निराेज पाैडेल, सहकारीकर्मी लिलानाथ चाैलागाई,दीपक भट्टराई, पदम प्रसाद अधिकारी, पत्रकार प्रज्वल पाैडेल,प्रजित शाक्य रहेका थिए । 

संस्थाका अध्यक्ष अधिकारीले अागामी दिनमा सहकारीलाई नयाँ ढङ्गले व्यवस्थापन गरि अगाडि बढाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सबैसँग हातेमालो गर्दै संस्थाका शेयर सदस्यकाे हितमा अाफु निरन्तर लाग्ने बताए ।

यसैविच नमुनादीप युवा क्लबकाे अाठाै साधारणसभा सम्पन्न भएकाे छ । शनिबार काठमाण्डौंस्थित चाेभारमा क्लबका अध्यक्ष विष्णु कुमार पाैडेलकाे अध्यक्षता एवम् रूद्रहरी अधिकारीकाे अातिथ्यतामा साधारणसभा भएको हाे । काठमाण्डौंकाे वानेश्वरमा क्लब र सहकारीकाे समन्वयमा सुरूवात देखि नै कार्यसम्पादन हुँदै अाएकाे छ ।

दुवै संस्थाकाे समन्वयमा साधारणसभाकाे अवसरमा चाेभारकाे मञ्जु श्री पार्कमा बनभाेज कार्यक्रमकाे अायाेजना समेत गरिएको थियाे । कार्यक्रममा सहकारी संस्था तथा क्लबका सदस्य लगाएतको उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक