२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठान उद्योग सँघमा चुनावी रस्साकस्सी

६ आश्विन २०७२, बुधबार ०६:०८

सलिम अन्सारी/असोज ६, प्यूठान । प्यूठानमा उधोगीहरुको नेता छान्नका लागी रस्साकस्सी शुरु भएको छ ।

यहि असोज ११ गते हुन लागेको नवौ अधिबेशनबाट नेता चयन गर्नका लागी प्यूठान उधोग बाणिज्य सँघमा छलफल र बैठकहरु हुन थालेका छन । भने उम्मेदबारहरु आफनो प्रतिबद्दता र चुनावी ऐजेन्डा लिएर ब्यावसायीहरुको घरदैलोमा पुगेका छन । गाउँ बिकास वा जिल्ला बिकासको चुनाव हुदैछ कि प्यूठान उद्योग बाणिज्य सँघको छुटटाउनै धौ धौ परेको छ यतिबेला ।

pyuthan news

प्युठान उधोग बाणिज्य संघ को आसन्न निर्बाचनमा अध्यक्ष् पद्का उमेदवार द्वय बायाँ बालाजु श्रेष्ठ दायाँ ज्ञानुराम न्यौपाने

राजनितिक दलहरुले समेत आफु निकट उम्मेदबारलाइ जिताउन अघोषित रुपमा आफु निकट ब्यावसायीलाइ उर्दी जारी गरेको बताइन्छ। पछिल्लो समय पार्टिगत राजनिती हावी हुँदै गएको सँघको चुनावमा जिल्लाका राजनितिक दलहरु यसपाली पनी मरी मेटेर लागेका छन। राष्टिय जनमोर्चा निकट उद्योगीहरुको पकड रहेको प्यूठान उधोग बाणिज्य सँघमा अहिले एमाले निकट उधोगीको नेतृत्व छ ।

आगामी नेतृत्वका लागी बर्तमान द्दितिय उपाअध्यक्ष ज्ञानुराम न्यौपाने र बरिष्ट उपाअध्यक्ष बालाजु श्रेष्ठको चर्चा चलेको छ। उनीहरु दुवैले आ आफनो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन। कार्यसमितीको बिभिन्न पद हुँदै बरिष्ठ उपाअध्यक्ष बनेका युवा उधोगी श्रेष्ठले आफु ब्यावसायीको जगबाट उठेको भन्दै स्वतह आफु अध्यक्ष भएको दावी गरे ।

अध्यक्षमा इच्छा जाहेर गरेका न्यौपाने राष्टिय जनमोर्चा निकट र युवा ब्यबसायी श्रेष्ठ एमाले निकट उम्मेदबार हुन। न्यौपानेलाइ राष्टिय जनमोर्चा सहित नेपाली काग्रेस र एमाओबादि लगायतका दलको साथ छ । भने श्रेष्ठले एमाले निकट ब्याबसायीलाइ समेटेर एकल ब्यावसायिक प्यानल खडा गरेका छन ।

उनको एकल प्यानलमा बरिष्ठ उपाअध्यक्षमा केदारमान कक्षपती, वाणिज्य उपाअध्यक्ष बद्रीनाथ श्रेष्ठ, उधोग उपाअध्यक्ष कृष्ण रायमाझी,महासचिवमा टिकाराम पुन र कोषाअध्यक्षमा शुभाषचन्द्र भण्डारीलाइ उम्मेदबार बनाइ अगाडि सारेका छन ।

त्यस्तै सँयुक्त प्यानल बनाइ चुनावी मैदानमा उत्रिएका न्यौपानेको प्यानलमा बरिष्ठ उपाअध्यक्ष दुर्गा प्रसाद प्रधान (काग्रेस), वाणिज्य उपाअध्यक्ष नारायण प्रसाद श्रेष्ठ (राजमो), उधोग उपाअध्यक्ष गिर बहादुर गुरुगँ (राजमो),महासचिव विष्णु लवट (एमाओबादी),उपमहासचिव टिका बहादुर जिसि( राजमो) र कोषाअध्यक्षमा काग्रेसबाट रामचन्द्र पौडेल सहितको समिकरण छ ।

सँयुक्त प्यानल बनाइ चुनाबी मैदानमा उत्रिएका उनले ब्याबसायीको बहुमत आफु सँगै रहेकाले जित सुनिश्चित रहेको दाबी गरे। अधिबेशनले आगामी ३ बर्षका लागी नयाँ नेतृत्व चयन गर्ने छ। यसैबिच आसन्न प्यूठान उद्योग बाणिज्य सँघको अधिबेशनको तयारी तिब्र पारिएको अध्यक्ष माधवराज भण्डारीले बताए ।

ब्यावसायीको नेता ब्याबसायीले नै चुन्न पाउनुपर्ने बताउँदै उनले भने” ब्याबसायीको चुनावमा दलिय हस्तक्षेप हुन दिनुहुँदैन।” सक्षम र सवल नेतृत्व चयन गर्न उनले ब्याबसायीलाइ आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला