२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

उद्योग वाणिज्य संघमा मुस्लिम प्रतिनिधित्वको माग

२०७२, १८ आश्विन सोमबार ०७:१७

असोज ७, प्युठान । जिल्लाका मुस्लिम व्यवसायिहरुले प्यूठान उद्योग वाणिज्य संघको आशन्न नवांै अधिवेशनबाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्वको माग गरेका छन् । जिल्लाका विभिन्न बजार केन्द्रहरुमा व्यवसाय गरि बस्ने मुस्लिम समुदायका अगुवाहरुले यस्तो माग गरेका हुन् ।

‘हामी जितेर जान नसक्ने भयौँ ।’ ढुङ्गेगढी–३ वड्डाँडामा कपडा तथा फेन्सी व्यवसायि गरि बस्ने मोहम्मद हलिम मिँयाले भन्नुभयो, ‘संघको विधानले मुस्लिम प्रतिनिधित्वको स्पष्ट व्यवस्था गर्नु पर्दछ ।’ जायज माग सम्बोधन नगरिए संघको सदस्यता लिईरहन आवस्यक समेत नभएको मिँयाले प्यूठान समाचारलाई बताउनुभयो ।

‘मुस्लिमहरुको पनि उद्योग वाणिज्य संघमा अपनत्व हुनु पर्यो ।’ वड्डाँडा बजार ईलाकाका उपाध्यक्ष मोहम्मद मर्सदिन मिँयाले भन्नुभयो । सक्षम र सबल हुँदाहुँदै पनि अल्पसंख्यक भएकै कारण निर्वाचित् हुन समस्या भएको मिँयाको भनाई छ । अनिवार्य मनोनीतको व्यवस्था अबको अधिवेशनले निर्णय गर्नु पर्ने मिँयाको माग छ ।

व्यवसायीहरुका हक अधिकारको संरक्षण एंव सम्वद्र्धन गर्न स्थापित संघमा पछिल्लो समयमा देखिएको राजनीतिक हस्तक्षेप प्रति मुस्लिम व्यवसायिहरुले चिन्ता व्यक्त गरेका छन् ।

जिल्लामा छरिएर रहेका मुस्लिम व्यवसायीहरुलाई एकिकृत गर्न समेत अबको अधिवेशनबाट जिल्ला कार्यसमितिमा मुस्लिम व्यवसायिको पँहुच पुग्नुपर्ने बाहानेका व्यवसायि सनम मिँयाले बताउनुभयो । ‘जिल्लाको व्यापार प्रवद्र्धनमा हामीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।’ मिँयाले भन्नुभयो । बाहाने ईलाकाको कार्यसमितिमा मुस्लिमलाई सहभागी नगराईएकोमा मिँयाले चिन्ता व्यक्त गर्नु भयो ।

‘सुर्य जि. को पाला देखि कुरा उठाएको हो ।’ विजुवारमा व्यवसाय गरि बस्ने कलिम मिँयाल भन्नुभयो, ‘व्यक्ति विशेषको मात्र चाहानाबाट नभएर संघको विधान मार्फत आरक्षणको व्यवस्था हुनुपर्दछ ।’ संघको नवौं अधिवेशनमा मुस्लिम प्रतिनिधित्वको विषयमा छलफल हुने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष माधवराज भण्डारीले बताउनुभयो । ‘विधानमा उल्लेख नभएपनि छुट्टै मुस्लिम कोटाको व्यवस्था गर्न सकिन्छ ।’ भण्डारीले भन्नुभयो । जिल्लाका दरभान, वड्डाँडा, दाखाक्वाडी, बिजुवार, बाग्दुला, बाहाने, मच्छी, खलङ्गामा मुस्लिम व्यवसायिहरुले कपडा फेन्सी, कस्मेटिक, जुत्ताचप्पल, खाद्य तथा किराना व्यवसाय गरि बर्सौ देखि व्यापार गर्दै आएका छन् ।यहि असोज ११ गते सँघको नयाँ नेतृत्व चयन गर्दै छ।

फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा