असोज २६, बडडाडाँ / दक्षिणी प्यूठानमा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। मगँलबार बिहान बडडाडाँ दर्भान सडक खण्ड अन्र्तगत बागेँसाल गाबिसको बिसेदी खोलामा अचेत अबस्थामा भेटिएका युवकको उपचारका लागी दर्भान तर्फ लैजादै गर्दा बाटो मै ज्यान गएको प्रहरी चौकी दर्भानले बताएको छ।
आज बिहान सो सडक खण्डमा चल्ने एक यात्रु बसले दिएको जानकारीका आधारमा घटनास्थल पुगेको प्रहरीले ती युवकको उद्दार गरेको थियो। अन्दाजी ३५ बर्षका उनको नाम ठेगाना भने खुल्न सकेको छैन।
यसो हेर्दा मानसिक सन्तुलन गुमाएको जस्तो देखिने मृतक युवकको पुरा शरिर पहेलो भएकोले जन्डिसका कारण उनको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ।
दर्भान प्रहरी चौकीका इन्चार्ज नवराज शाहिले बताए अनुसार उनी निबश्त्र अवस्थामा रहेको र शरिरको कहिकतै चोटपटक नदेखिएकाले यहि कारणले उनको ज्यान गएको हो भन्न नसकिने बताए। मृतकको सनाखत हुन नसकेकाले मृतकको मुजुल्का बनाइ शव स्थानिय गाबिसलाइ जिम्मा लगाउने तयारी गरेको छ।