2026-09-19 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

पुस ८, तनहुँ । पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्याङ्जा जिल्ला घर भई हाल शुक्लागण्डकी नगरपालिका– ५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताउनुभयो । 

ठक्करबाट गम्भीर घाइते भएका ठकुरीको दुलेगौँडास्थित जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । 

उपचारकै क्रममा राति २: ३० बजे ठकुरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो । पोखराबाट दमौली आउँदै गरेको नाजख ७०३० नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ग१३प ४१६० नंको स्कुटरलाई ठक्कर दिँदा चालक ठकुरीको मृत्यु भएको हो । 

ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई