२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा पुरुषले पुरुषलाई नै बलात्कार गरे !

२०७४, ९ पुष आईतवार १२:१०

सरोज यादव | पुष ०९, सर्लाही | पुरुषले महिलालाई बलात्कार गरेको त घटना सबैलाई थाहा भएकै हो । तर पुरुषले पुरुषलाई नै बलात्कार गरेको घटना सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । एक युवाले आफ्नो यौन प्यास पुरा गर्न १३ वर्षिय एक वालकलाई बलत्कार गर्यो भन्ने सुन्दा पीडा बोध संगै अनौठो लाग्न सक्छ । यस्तै घटना सर्लाही सदरमुकाम मलङ्वामा गत पुष २ गते भएको छ । 

एउटै घरमा डेरा गरि बस्दै आएका एक १३ वर्षिय बालकलाई सोहि घरकामा अर्को कोठामा बस्ने पर्षा गाउपालिका वडा न. २ वर्ष ४५ का रुपेश मण्डलले बलात्कार गरेको छ ।

पिडित बालक चन्द्रनगर गाउँपालिका – १ निवासी इन्द्रदेव यादवका छोरा हुन् । वर्ष १३ का बिकाउ नाम भएको बालक मलंगवा वडा न – १० स्थित नथुनी चौधरीको घरमा बिगत ६ वर्ष देखि  डेरा गरि बस्दै आइरहेका थिए । सोही घरको अर्को कोठामा भाडामा बस्ने रुपेश कुमार मंडलले गत पुस २ गते राति आफ्नो कोठामा पाहुना आएको छ , सुत्ने ठाउँ अपुग भएकोले आज रातिको लागि तिम्रै कोठामा सुत्छु भनेर अनुरोध गरेपछि निजलाइ आफु सँगै सुताएको थियो ।

राति करिब १० बजे मंडलले पिडित रुपेशलाई धाक, धम्की र डर देखाएर जबर्जस्ती (बलात्कार ) गरेको बताएको छ ।

पिडितका बुवा इन्द्रदेव यादवले छोरा माथि भएको जबर्जस्ती करणी सम्बन्धित  सम्पूर्ण सबुत प्रमाण सहित पुस ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा लिखित जाहेरी दिइसकेको छ ।

जाहेरीमा आरोपित मण्डललाई मुलुकी ऐनको जवरजस्ती करणी महलको ९ (क) नम्बर वमोजिम हदैसम्मको सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी