२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहको शव नेपाल ल्याइँदै

२०७४, ९ पुष आईतवार १२:५३

पुस ९, काठमाडौँ (रासस) | बंगलादेशको राजधानी ढाकास्थित पायोनियर डेन्टल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी विनिशा शाहको शव नेपाल ल्याइँदै छ । 

आवश्यक प्रक्रिया मिलाई शाहको शवलाई आजै नेपाल लैजाने व्यवस्था मिलाइएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । 

यही डिसेम्बर १९ मा शाहले आफ्नै कलेजको होस्टेलको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेको र घटनालगत्तै दूतावासले घटनास्थलको वस्तुस्थिति अवलोकन गरी निजका आफन्तलाई फोनमार्फत जानकारी गराएको नेपाली राजदूतावासले आज विज्ञप्तिमार्फत जनाएको छ । 

साथै घटनाका सम्बन्धमा मृतकका परिवारमा परेको पीडा र असहज परिस्थितिमा अनावश्यक अफवाह फैलने गरी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रचारबाजी भएकोप्रति दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस दुःखद घटनाप्रति संवेदनशीलतापूर्वक तथ्यगत जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न दूतावासले सबैलाई अनुरोध गरेको छ । 

घटनाको छानबिन तथा शव नेपाल लैजाने प्रक्रियामा बंगलादेश प्रहरी, कलेज प्रशासनलगायत सबैको सकारात्मक सहयोग प्राप्त भएको दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतकका दाजु नरेन्द्र शाह घटना घटेकै दोस्रो दिन ढाका पुग्नुभएको र घटना भएकै दिन प्रहरी मुचुल्का गरी बंगलादेशको ढाका मेडिकल कलेजमा मृतकको शव परीक्षण गरिएको थियो । घटनाको थप छानबिनका लागि ढाका महानगरीय प्रहरीमा उजुरीसमेत गरिसकिएको र यी हरेक प्रक्रियामा निजका दाजुसहित नेपाली राजदूतावास संलग्न रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता