2026-06-29 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा हराएको न्याय खोज्दै सुर्खेतमा

2017-12-24

दलसिंह गिरी/पुस ९, सुर्खेत । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षार्थ खटिएका कालिकोटका म्यादी प्रहरी माथी कालिकोटको प्रहरी प्रशासनले गरेको ज्याजतिका विरुद्ध सुर्खेतमा कर्णाली एकता समाजले विरोध जनाएको छ । 

सुर्खेत सदरमुकाम विरेन्द्रनगरमा एक विरोध ¥यालीको आयोजना गरी प्रहरी प्रशासनको ज्याजतिको खेदप्रकट सहित विरोध जनाएको हो । चुनाबमा खटिएर सफलता पूर्वक आफ्नो जिम्मेवारी पुरा गरी घर फर्किनै लाग्दा म्यादी प्रहरीले पाउने सेवासुविधाको केही अंश  प्रहरी प्रशासनले कटौती गरेको भन्दै यसको यथार्थताको माग सहित म्यादी प्रहरीले गरेको शान्तीपूर्ण धर्नालाई तितरवितरपार्न प्रहरीले चलाएको गोली लागी म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको घटना पश्चात घटनाको यथार्थता छानविन गरी दोसी माथी कार्वाहि र मृतक ऐडीलाई सहिद घोषणा सहित मृतकका परिवारलाई क्षेतिपूर्ति स्वरुप १० लाख, विमा १५ लाख गरी एकमुस्ट २५ लाख रकम एकै पटक उपलब्ध गराउन  कर्णाली एकता समाजले सुर्खेतमा विरोध कार्यक्रम गरेको छ । 


विरोध ¥यालीमा नारा लगाउदै निर्दोश म्यादी प्रहरीमाथी गोली लगाई एकजनाको हत्या गरेर उल्टै ढुंगाले टाउको फुटर मृत्यु भएको भन्दै यथार्थ घटनालाई तोडमोड पार्न खोजिएको भन्दै प्रहरी प्रशासन र स्वास्थ्य संस्थाका डाक्टरहरु विरुद्ध कडा भन्दा कडा कार्वाहिको माग समेत गरेका छन् ।

यसका साथै एकता समाजले मृतक विवेक ऐडीलाई सहित घोषणा, क्षेतिपूर्ति र विमा रकम एकमुस्ट उपलब्ध, कालिकोटमा भएको झडपमा घाईते भएकाहरुको यथासिघ्र उपचारको ब्यवस्था जस्ता विभिन्न ४ बुदे माग सहित  सुर्खेत प्रशासनमा ज्ञापनपत्र समेत बुझाएको छ । यथाशिर्घ यसको सुनुवाई भएन भने चरणबद्ध आन्दोलनमा उत्रीने एकता समाजले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी