११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नव प्रतिभाको खोजी गर्दै प्युठानी तारा

२५ फाल्गुन २०७२, मंगलवार ०७:४५

सलिम अन्सारी, फागुन २५, प्युठान / नव प्रतिभाको खोजी गर्न प्युठानी तारा सिजन ३ थालिएको छ। गायन, नृत्य र साहित्य गरि तीन बिधामा एक एक जना प्युठानी तारा घोषणा गर्ने गरि कार्यक्रम सुरु गरिएको हो। मध्य र पश्चिमान्चल बिकास क्षेत्रलाइ केन्द्रीत गर्दै रेडियो लिस्ने आवाज प्युठानले सोमबार देखि सुरु गरेको हो। प्युठानी तारा को उद्धघाट्न गर्दै पुर्ब उपप्रधान एव गृहमन्त्री बामदेब गौतमले प्युठानी तारा भविश्यमा नेपाल तारा बनुन भन्दै शुभकामना ब्यक्त गरे।

star

ओझेलमा परेका नवप्रतिभालाइ सम्मान गर्दै तारा सन्चालन गरिएको मुल आयोजक समितिका संयोजक एवं रेडियी लिस्ने आवाजका स्टेसन म्यानेजर नोमराज पौडेलले बताए। तीन बर्ष देखि लगातार प्युठानी तारा घोषणा गर्दै आइरहेको बतांउदै उनले तीन बिधामा तारा चयन गर्न लागिएको जानकारी दिए। गायन र नृत्य तर्फ प्रथमलाई ५० हजार, दोस्रोलाइ २० हजार र तृत्यलाइ १० हजार रुपैयां नगद सहित प्रमाणपत्र अवार्ड र गिफ्ट प्रदान गरिने जनाइएको छ।

त्यस्तै साहित्य तर्फ प्रथमलाइ १० हजार, द्धितियलाइ ५ हजार र तृतियलाइ तीन हजार रुपैया नगद सहित अवार्ड प्रमाणपत्र र गिफ्ट प्रदान गरिने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको सहआयोजक स्वर्गद्धारी टेलिभिजन,लिस्ने जनसंचार साप्ताहिक र प्राणरक्षा मासिक छन। नयाँ बर्षको शुभारम्भ संगै बैशाख ४ गते झिमरुक खेलकुद मैदान बिजुवारमा तिनै बिधाका प्युठानि तारा घोषणा हुने छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु