११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

भालुबाङ-ऐरावती सिधा बस सेवा सुरु, अब ऐरावती सजिलै घुम्न सकिने

३० फाल्गुन २०७२, आईतवार ०८:२३

सलिम अन्सारी । फागुन ३०, प्युठान । प्युठानको ऐतिहासिक धार्मिक एवं प्रयटकिय तिर्थस्थल ऐरावती देखि दाङको भालुवाङ्ग सम्म सिधा बस सेवा सन्चालन भएको छ। यसै साता देखि बस सेवा सन्चालन गरिएको हो।

स्थानियको लामो समय देखिको माग अनुसार यात्रुको सुविधालाइ मध्यनजर गर्दै स्वर्गद्धारी सार्बजनिक यातायात बस ब्याबसायी समिती र राप्ती यातायात समिती दाङ बिचको सम्झौता अनुसार भालुवाङबाट दैनिक बस सेवा सन्चालन गरिएको स्वर्गद्धारि बस ब्यबसायी समिती बड्डाडाडाँ टिकट काउन्टरका ओमान सिहं रेश्मिले जानकारी दिए। “यसबाट यात्रुलाइ धेरै सहज हुने छ”। उनले भने “सर्बसाधारण यात्रुको माग अनुसार सेवा दिनु ब्यबसायीको दायित्व हो।”

यस अघि ऐरावतीबाट छुट्ने निजि जिपमा खचाखच कोचियर यात्रुहरुले जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो। सिधा बस सेवा सुरु भएपछी यात्रुलाइ पैदल हिड्नु पर्ने र निजि सवारीमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने यस भेगका स्थानियको सास्ती अन्तय हुने भएको छ। भने ऐरावतिबाटै बस छुट्ने भएपछी माडी पारिका पकला बरौला दाङबाङ गाबिसका साथै छिमेकी जिल्ला अर्घाखाँची सम्मका सयौ नागरिकलाइ समेत आउजाउ गर्न सजिलो हुने भएको छ। ऐरावतिबाट भालुबाङ सम्म घन्टामा पुगिने र भाडादर प्रतिब्याक्ती १ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।

यस अघि बड्डाडाडाँ देखि ऐरावति जोड्ने झन्दै २२ किलोमिटर ग्रामिण कच्ची सडकमा पटक पटक जिप सेवा सन्चालन गरिएको भए पनि बाटो जिर्ण हुँदा आफुहरुले घाटा ब्यहोर्नु परेको भन्दै ब्यबसायिले सवारी चलाउन छोडेका थिए।

यो सङ्गै सर्बसाधारणले सडकको स्तर उन्नती र नियमित यातायातको साधन सन्चालन हुने आशा समेत गरेका छ्न। बड्डडाडाँ देखि हंसपुर सम्म बाटो राम्रो भए पनि हंसपुर देखि ऐरावती सम्म बाटो अप्ठ्यारो भएकाले हाललाई सवारी हंसपुर सम्म मात्र सन्चालन गरिएको रेश्मिले बताए। ऐरावती सम्म पनि छिट्टै सवारी साधन पुरयाइने उनको भनाइ छ।

गाउँमा यातायातको साधनको पहुँच पुगेपछी खाधन्न कृषिजन्य उत्पादन लगायतका सामाग्री ढुवानी र आवतजावत गर्न सजिलो हुने स्थानियको भनाइ छ।

जिल्लाको दक्षिणि ब्यापारिक केन्द्र बड्डाडाडा बजार देखि पुर्ब धुवाकोट, कास्कोट, सजिकोट,गोठेरी हुँदै दुमही पुगेपछी ऐरावती पुग्न सकिन्छ । भौगोलिक, प्राकृतिक,जैविक र सांस्कृतिक हिसावले समेत मनोरम तिर्थस्थलका रुपमा परिचित ऐरावतीमा दर्शन गर्ने दर्शनार्थीको संख्या समेत बढ्ने अनुमान गरिएको छ। प्युठान र अर्घाखांचिको सिमानामा अबस्थित ऐरावतीमा प्रत्यक बर्ष पुस ३० गते माघेसक्रान्तीको अबसरमा ठूलो मेला लाग्ने गर्छ। यहाँ अन्यबेला पनि आन्तरिक तथा बाहिरि जिल्लाबाट बनभोज र दर्शन गर्न मनोरन्जनका लागि पर्यटकहरु आउने गरेका छ्न। साथै यहाँ माडी र झिमरुक मिसिएको हुनाले दुई नदिको दोभानमा स्नान गरे ।

स्वर्ग पुगिने पुर्णय लाभ हुने बिश्वासमा सयौ भक्तालुजनहरु ऐरावती पुग्ने गर्छन। दर्शनार्थीहरु यस अघि पैदल हिडेरै मात्र पुग्ने गर्थे भने अब मोटर चढेरै ऐरावती पुग्न सक्ने छ्न।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप