२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका जोख बहादुर उपचार अभावमा चार बर्षदेखि घरभित्रै थला, सहयोग गरिदिन सबैसँग आग्रह

२०७२, २ चैत्र मंगलवार ०३:२२

thala pare pyuthani mitraसलिम अन्सारी/चैत्र २, प्युठान । पानीको कुनै रंग हुँदैन । त्यस्तै आँसुको पनि । हुन सक्छ जिन्दगीको पनि । र त, पानीले जस्तो भाँडामा राख्यो त्यस्तै आकार लिइदिन्छ । सवैका आँखाबाट चुहीने पीडाका आँसुको रंगपनि भिन्न भिन्नै हुँदैन । जिन्दगी पनि त्यस्तै हो ।

सुख दुःखमा उसैगरी जिन्दगीरुपी रथलाई अगाडि बढाइरहनु पर्दछ । पानी जस्तै जिन्दगीले पनि सुख दुःखमा आकार लिन सक्नु पर्दछ । तर, प्युठान जिल्ला ढुङ्गेगदी गाविस वडा नं.५ मान्द्रेका ३५ बर्षिय जोख बहादुर मर्साङ्गीका लागि यी सव भन्ने कुरा मात्र हुन् ।

उनका लागि के दिन के रात सरोबरी छ । आफू संङ्गै जन्मेकाहरुको प्रगती र जिवनयात्रा देखेर उनी आफुलाइ दुखित तुल्याउदै बसिरहेका छन । उनी बितेका ४ बर्ष देखि घरको चार पर्खाल छोडेर बाहिर आउन सकेका छैन्न । सकुन पनि कसरी ? शारिरिक अस्वस्थता र अपाङ्गताले उनको जिवनलाइ कुजाइदिएको छ । र अद्य्यारो कुना मै सिमित बनाइदिएको छ ।

उनी शारिरिक रुपमा अशक्त छन । उनको शुरुको अबस्था यस्तो असामान्य थिएन । ३५ बर्षको उमेरमा उनको जिबनमा यस्तो बर्जपात आइलागेको हो।जङ्गलमा घाँस काट्न गएका उनी घर फर्कदाँ अपाङ्ग भएर फर्के, जङ्गलमा उनी रुखबाट लडेपछी शुरु भए उनका दुर्दिनहरु । मर्साङ्गिको सद्धे शरीर अब नचल्ने भएको छ ।

“२०६८ माघमा रुखबाट खसे अनि यो शरिरमा समस्या आयो,म घाइते भए देखि कम्मर देखिको तलको भाग पुरै मरेको छ केही चल्दैन।” शौच गर्न ,नुहाइधुवाइ गर्न सबै कुराका लागि दोस्रो ब्याक्तिको सहारा चाहिन्छ । ३५ बर्षको उमेरमा एक्कासी नसोचेको भएपछी कस्तो भो होला ? बिगत संझदा उनको आँखाभरी पानी भरियो । आफै बिस्तारामा थला पर्नु बाहेक अर्को बिकल्प छैन उनका सामु । युवा अबस्थाको भरभराउँदो जवानी र लांउलाउं खाउँ खाउँको उमेरमा अति अशक्त बनेर एउटै थलोमा जीवन बिताउनुको उनको पिडालाइ शब्दमा उतार्न निकै कठिन छ ।

रुखबाट लडेर उनको ढाड भांचियो,उनी थला परे, उनको आधा शरीर नै नचल्ने भयो ।आर्थिक अबस्था कमजोर रहेका उनका परिवारले उनलाइ धुलिखेल हस्पिटल काठमान्डु पुर्याए तर उपचार खर्चको अभावमा उनको पुरा उपचार हुन सकेन । “उपचार कै क्रममा ५ लाख सकियो तर छोरालाइ सद्धे गराउन सकिएन।” उनका ७४ बर्षिय बुवा तुल बहादुर मर्साङ्गिले भने,” डाक्टरले बोलाएका थिए, अस्पताल लैजाने पैशा नै भएन।” बृद्ध आमाबुवा, पत्नी, दुई छोरी र एक छोरा उनै घाइते अबस्थाका जोख बहादुरसंग आश्रीत छ ।

उचित उपचार पाउने हो भने उनको रोगको निदान हुन सक्छ र उनी हिड्दुल गर्न सक्छ्न। पैशा नभएकै कारण उनको थप उपचार हुन सकेको छैन । र उनी पिढिबाट ओर्लेर आगन सम्म आउन सकेका छैन्न। सुकेर मुरली जस्तै भएको खुट्टा र शारिरिक अस्वस्थताले उनी जिर्ण बन्दै गैरहेका छन । “के गर्नु मर्न नसकिने रहेछ ।” आखांको चेपबाट आँसु बगाउँदै उनी आफ्नो पीडा सुनाउँछ्न ।” मेरा कारण घरमा सबैलाइ निकै दुख भएको छ । त्यसकारण कसैले सहयोग गरिदिए हुन्थ्यो उनी थप्छ्न ।

उनले अति अशक्त अपाङ्गको क्षेत्रमा काम गर्ने संघसंस्थाका बारेमा नुसुनेका पनि होइन्न तर पहुंचका कारणले उनले ती संस्थाको सहयोग लिन सकिरहेका छैन्न। उनी सहयोग गर्ने कुनै हातहरु भए धन्य हुने बताउँदै तिनै मनकारी हातहरुको पर्खाइमा आँखा लोलाइरहेका छन ।

अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्था र सरोकारवाला निकायहरुलाइ उनको एउटै अनुरोध छ‘ यदि तपाइहरुको संस्थाले वास्तबमै अपाङ्गताको क्षेत्रमा काम गरिरहेको छ भने एकचोटी मेरो अबस्था नियालिदिनुहोस र सहयोग गरिदिनुहोस ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु