७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा कार दुर्घट्ना, एकै घरका तीन जनाको मृत्यु

२६ बैशाख २०७३, आईतवार ०२:५८

सलिम अन्सारी/बैशाख २६, प्यूठान । स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा निजि स्कारपियो कार दुर्घटना हुँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते छन् । उनिहरुको अबस्था गम्भीर छ ।

प्यूठानको भिङ्ग्री हुँदै फर्किने क्रममा बा १४ च ३८३९ नम्बरको स्कार्पियो भिङ्ग्री १ स्थित खहरेखोलामा शनिबार मध्यान्ह दुर्घटना भएको थियो । दुर्घटनामा दाङ तुलसीपुर नगरपालिका १९ उरहरी निवासी ५५ बर्षिय शुकदेव खनाल, उनकी १९ वर्षीया छोरी बिमला खनाल र १३ वर्षीय छोरी अस्मिता खनालको घट्नास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा घाइते हुनेमा १९ वर्षीया बसन्ता खनाल र ६४ वर्षीया दीया खनाल, घाइते कमला खनाल, कौशिला खनाल र शारदा खनाल रहेका छ्न। घाइते सबैको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पानी परेका कारण भिङ्ग्री–स्वर्गद्वारी सडकखण्ड चिप्लो भएको थियो । कच्ची बाटो भएका कारण त्यहाँ हिँउदमा सुख्खा तथा वर्षाको बेला समेत पहिरो खसिरहन्छ ।

शनिबार दिउँसो सोही बाटो भएर भिङ्ग्री फर्किदैँ गर्दा पहाडबाट खसेको बाढीले जीप चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनागस्त जीपमा दाङ तुलसीपुर १९ का खनाल परिवार स्वार्गद्वारी दर्शन गर्न गएका थिए । मृतकको शब पोष्ट्मार्ट्मका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमायो राप्रपा सहितका राजावादी कार्यकर्ताहरु उश्रृंखल, सरकार, प्रहरी र पत्रकारको अपमान