२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्दको बिकल्प खोज्न युवा मञ्चको आग्रह

२०७२, २२ भाद्र मंगलवार ०३:२५

भदौ २२, भालुवाङ्ग / थारुवान थरुहट संघर्ष समितीले गरेको अनिश्चितकालिन तराई बन्दले उद्योग, विद्यालय र स्थानियस्तरको निकै समस्या भएको भन्दै लालीगुराँस युवा मञ्च सिसहनियाँ देउखुरीले तत्काल बन्द फिर्ता लिई बन्दको बिकल्प खोज्न आग्रह गरेको छ ।
संघीय नेपालको प्रारम्भिक मस्यौदा र सिमाङ्कनसहित प्रदेशको प्रस्तावित खाकाप्रति असन्तुष्टि जनाउँदै साउन २७ गतेदेखि गरिएको बन्दले व्यापार, शैक्षिक क्षेत्र अस्तव्यस्त भएको भन्दै युवा मञ्चले वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । बन्द सदाका लागि बन्द गरी आफ्ना माग पुरा गराउन गरिने बन्दले देशको आर्थिक अवस्था नै धरापमा परेको भन्दै बिशेष गरी बन्दको चपेटामा शिक्षण संस्था रहेकोले बन्दको बिकल्प खोजी वातावरण सहज बनाउन बन्दकर्ताहरुलाई आग्रह गरेको छ ।
मञ्चका अध्यक्ष सन्तोषकुमार गुप्ता, बरिष्ठ उपाध्यक्ष बाबुराम अधिकारी, उपाध्यक्ष बसन्तकुमार चौधरी, महासचिव ओमप्रकाश गुप्ता, सचिव मुना गिरी, कोषाध्यक्ष जिबा चौधरी र बरिष्ठ सल्लाहकार तथा कार्यक्रम संयोजक बिदुर एमसीले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न तथा सम्बन्धित पक्षहरुलाई सरकारले तत्काल बार्तामा बोलाई वातावरण सहज बनाउन आन्दोलनरत पक्ष, सरकार, नागरिक समाज, सम्वाद समूह, राजनीतिकदल, तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

‘शान्तिपूर्णरुपमा गरिने आन्दोलन र बिरोधका कार्यक्रम तथा आयोजक प्रति हाम्रो कुनै पनि आग्रह वा पूर्वाग्रह छैन । तथापि बिरोधका नाममा गरिने बन्दले शिक्षा क्षेत्र तथा बालबालिका, उद्योगधन्दा, व्यपार व्यवसाय तथा स्थानिय नागरिकहरु माथि पर्ने प्रतिकुल असरप्रति गम्भीर भएर सोचीदिन आग्रह गर्दछौं’, बिज्ञप्तीमा भनिएको छ । बन्द हड्तालले कुनै पक्षलाई फाईदा पुग्दैन बरु जसका लागि राजनिति गदै छौँ तिनै नागरिकमा असर पर्ने सबैलाई थाहा हुदाहुदै पनि किन फेरि बन्द हड्ताल त ? जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने