महिला नेत्री बुढाथोकीको निधन
पुस २६, झापा (रासस) झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्री कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ ।
आज बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा उहाँको निधन भएको हो । स्व बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीय पत्रकार गोपाल गिरीले जानकारी दिनुभयो ।
“झापाली महिलामा जागरण ल्याउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ”, गिरीले भन्नुभयो, “उहाँ कुनै पनि पार्टीमा आबद्ध हुनुहुन्न थियो ।”
कुन्तीदेवीका पिता रणकेशर बुडाथोकी प्रजातान्त्रिक आन्दोलनका सेनानी हुनुहुन्थ्यो । रणकेशर नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । कुन्तीदेवीका तीन छोरी छन् ।