सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । शंकर सामुदायिक वन उपभोक्ता समुह सिसहनियाँ ४ पिपरीको छैठौ वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम विहीवार सिसहनियाँ ४ पिपरीमा सम्पन्न भएको छ । समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ दाङ्गका साधारण सदस्य ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन समुहकी सचिव तारा घिमिरे र आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष ऋषिराम चौधरीले प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदन उपर उठेको जिज्ञासाको जवाफ अध्यक्ष तुलाध्वज मल्ल, उपाध्यक्ष शान्ता चौधरी, सचिव तारा घिमिरे र कोषाध्यक्ष ऋषिराम चौधरीले दिनुभएको थियो । भने सहजीकरण नर्ती सामुदायिक वन समन्वय समितिका सहजकर्ता जिवलाल खनालले गर्नु भएको थियो । समुहकी उपाध्यक्ष शान्ता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समुहका सल्लाहकार रामप्रसाद चौधरी लगायतका वक्ताले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन समुहकी सचिव तारा घिमिरेले गर्नु भएको थियो ।