सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । थरुहट थारुवानको बन्द बुधवार देखि सडक केन्द्रित भए पछि देउखुरीको सिसहनियाँ बजार क्षेत्रमा सयौको सख्यामा थरुहटका कार्यकर्ताहरु सडकमा उत्रियका छन् । साँझा र विहानमा लामो दुरीका सवारीका साधनहरु चले पनि दिउँसोमा भने गाडीहरु लामा लाग्ने गरेका छन् । विहीवार मात्रै सिसहनियाँ बजारमा थरुहटका कार्यकर्ताहरुले पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत सिसहनियाँ बजारको चोक चोकमा जम्मा भई बाटो अवरोध गरे पछि सवारीका साधनहरु बजारमै रोकिएका थिए ।
सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै केन्द्रको आदेश अनुसार यस अघि देउखुरीका ४ ओटा उद्योग वाणिज्य संघ सँग भएको सहमती कायम राख्दै व्यापार व्यवसाय र शिक्षण संस्थाहरु खुल्ला राख्दै सडक बन्द गर्नु परेको संघर्ष समितिका देउखुरी संयोजक हिरालाल चौधरीले जानकारी दिनुभएको छ । विहीवार सिसहनियाँ गाविसको सगरापुर, बगरापुर, पत्थरगढवा, मझेरिया, भगवानपुर, पहरुवा, बड्का सिसहनियाँ, छोट्की सिसहनियाँ लगायतका गाउँ बाट करिव चार÷पाँच सयको सख्यामा थरुहटका कार्यकर्ताहरु सडकमा उत्रिएका थिए ।
उता प्रहरीले भने सडकमा रोकिएका सवारीका साधनहरुलाई साँझा विहान स्कर्टिङ गरेर गन्तव्य तर्फ पु¥याउने गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मिनबहादुर कुवर क्षेत्रीले जानकारी दिनुभएको छ । समितिले थारु बाहुल क्षेत्र लाई अलग प्रदेश बनाउनु पर्ने, जनसख्याको आधारमा सामानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने लगायतका माग राख्दै गत साउन २७ गते देखि आन्दोलन गदै आएको छ । लामो समय भई सक्दा पनि सरकारले माग सुनुवाई नगरे पछि राजमार्ग र नाकाबन्दी केन्द्रित आन्दोलन थालेको बताएको छ ।