२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अघोषित नाकाबन्द फिर्ता नलिए भारत बिरुद्ध कडा संघर्ष गर्ने

२०७२, १५ आश्विन शुक्रबार ०३:४३

सन्तोषकुमार गुप्ता । असोज १५, भालुवाङ्ग । देउखुरीको भालुवाङ्ग पुल्चोकमा बिहिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भालुवाङ्ग पुल्चोकका युवा, विद्यार्थी, उद्योगी, व्यपारीहरुको संयुक्त आयोजनामा भएको पुत्ला दहन गरिएको हो ।

dang news

भारतले नेपालमा अघोषित रुपमा नाका बन्दी गरेको बिरोधमा मोदीको पुत्ला बनाई भारत बिरोधी बिभिन्न नाराहरु लगाउँदै पुल्चोकको बजारका विभिन्न गल्लीहरु परिक्रमा गरी प्यूठान चोकमा आई मोदीको पुत्ला दहन पछि भएको कोण सभामा बोल्ने बक्ताहरुले मेची देखि महाकाली सम्मका सयौँ सिमाका बस्तीहरुमा जङ्गे पिलर हटाई सिमा अतिक्रमण र त्यहाँ स्थानियबासीहरुलाई भारतले गरेको दमन र अहिले गरेको नाकाबन्दी बिरुध सम्पूर्ण नेपाली एक जुट हुन आग्रह गरेका थिए । २०७२ मा घोषणा भएको नेपालको संविधान तत्काल लागु गर्न, भारतीय विस्तारबाद संग राष्ट्रियता बिरुद्ध हुने कुनै पनि सन्धी सम्झौता नगर्न खबरदारी समेत गरेका छन् । उनीहरुले वर्तमान संविधानमा व्यवस्था भएको संघियताका कारणले नेपाल सिक्किमीकरणको खतरा रहेको बताउँदै नागरिकता सम्बन्धी आमा वा बाबुको नामबाट बंशजको आधारमा नागरिकता प्रदान गर्दा नेपालीहरु अल्पमतमा पर्ने र नेपालको भुमि भारतमा विलय हुने भएकोले उक्त विध्यक खारेज गर्न आग्रह समेत गरेका थिए ।

कोणसभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य होमप्रसाद शर्मा, एकिकृत नेकपा माओवादीका लालमटिया गाउँ पार्टी उपाध्यक्ष नारायण शर्मा, हाटेल व्यवसाय समितीका पूर्व अध्यक्ष ऋषिराम बस्नेत र जिल्ला युवा सञ्जालका उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायतका बक्ताले बोलेका थिए । कोणसभाको सञ्चालन विद्यार्थी नेता असोक बेल्बासेले गरेका थिए । पुत्ला दहन कार्यक्रममा भालुवाङ्ग पुल्चोकका सयौँ उद्योगी, विद्यार्थी र युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से