१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नून र खुनका कुरा गर्दै राप्रपा पर्वतले मनायो बडामहाराजा पृथ्वीको २९६ औं जन्मजयन्ती (भिडियो सहित)

२७ पुष २०७४, बिहीबार ०८:४०

 

नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ ।

पृथ्वी जयन्तीको अबसरमा राप्रपा नेपालले एक कार्यक्रमको आयोजना गरी बडामहाराजा पृथ्वीनारायाण् शाहको सझना गरेको हो । २९६ औ जन्मजयन्तीको अबसरमा राप्रपा पर्वतले शिवालय माविमा रहेको दृष्टिविहिन श्रोत केन्द्रका बालबालिकाहरुलाई रेडियो उपहार प्रदान गर्दे दिवस मनाएको हो ।

उक्त कार्यक्रमका अबसरमा राप्रपाका जिल्ला उपाध्यक्ष प्रकाश पौडेलले बडामहाराजा शाहको जन्मजयन्ती लामो समयपछि देशव्यापी रुपमा मनाउनमा पाएकोमा खुसि व्यक्ति गरे । नेपालको एकिकरण गरी एउटै राज्य बनाएका शाहको राज्यले विगतका बर्षमा अबमुल्यन गरेता पनि यो बर्ष भने सम्मानका साथ दिवस मनाएकोमा खुसी व्यक्ति गरे ।

कार्यक्रममा राप्रपाका ठाकुर बम मल्ल, गंगाबहादुर दमाइ, दृष्टिविहिन श्रोत केन्द्रका शिक्षक हरिदत्त शर्मा लगायतले बोलेका थिए । राष्ट्रिय एकता दिवसको रुपमा राज्यले पृथ्वी जयन्ती मनाउने निर्णय गरेसँगै देशभर पृथ्वी जयन्ती मनाइएको थियो ।

विहीवार राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्न पुग्दा सेनाको टुकडी सलामीसमेत अर्पण गर्यो । गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको पनि यो पहिलोपटक हो ।

नेपाल एकीकरणपछि शाहबंशीय राजतन्त्रका संस्थापक बडामहाराजाधिराजका नामले इतिहासमा चर्चित पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले नै एकता दिवसका रुपमा पुनः मनाउन थालेको हो । सो अवसरमा प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

गणतन्त्रपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यसवर्षबाट पुनः मनाउने निर्णय देउवा सरकारले चुनावअघि गरेको थियो । नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आफ्नो फौजको संस्थापकका रुपमा सम्मान गर्दै आएको छ । सेनाका ब्यारेकहरुमा पृथ्वीनारायण शाहका दिब्योपदेशहरु लेखिएका छन् ।

विगतमा माओवादी नेता रामवहादुर थापा बादल रक्षामन्त्री हुँदा ब्यारेकबाट पृथ्वीनारायणको फोटो र दिब्योपदेश हटाउन निर्देशन दिए पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले अश्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन