२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कोही थारु आन्दोलनमा कोही सामुहिक खेतीमा

२०७२, १५ आश्विन शुक्रबार १०:२६

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । देउखुरीमा लामो समय देखि जारी थरुहट आन्दोलन भईरहेको बेलाका कोही थारुहरु सडकमा देखिन्छन् त कोही थारुहरु भने सामुहिक खेतीमा सक्रिय भएका छन् । सिसहनियाँ २ का नन्दकुमार चौधरी थरुहट आन्दोलनमा निकै सक्रिय देखिनु भएको छ भने सिसहनियाँ—९ भगवानपुरका केही थारु समुदाय सामुहिक खेतीमा सक्रिय भएको दृश्य देख्न पाईन्छ । यो असोजको मध्यान्न समय । टन्टलापुर घाम । राप्ती नदीले कटान गरेको करिव तिन विगाह जमिन । वालुवा वगरमा फलेको वदम खन्ने काममा २५ जनाको परिवार सक्रिय छ । त्यही २५ जना सदस्य मध्य एक हुन् परमेश्वरी चौधरी ।

badam

सामुहिक कामले उनको परिवारमो खुसी भित्रियो । ‘सवै साथी मिलेर हाँसी खुसी काम गर्छौं’उनले भने । ‘वगरमा वदम खेती छ, यो वेचर आएको पैसा समुहमा राख्छौं र चाहिएको वेला झिक्छौं ।’ विगत ७ वर्ष देखी भगवानपुरका भुमिहिन किसान यसैगरी सामुहिक खेतीमा तल्लीन छन् । समुहमा वसेकाहरुले बदम खेती गरेका छन् । बदम विक्रिवाट आएको पैसा समुहमा जम्मा हुन्छ र त्यही पैसा न्यूनतम ब्याजमा ऋण लिएर घर खर्च चलाउदै आएका छन् । समुहमा वस्दा अर्काे फाईदा पनि छ । एक आपसमा मित्रवद ब्यवहार र सहयोगी भावनाको विकास ।

गाउँमा कसैको घरमा दुःख प¥यो भने समुहका सवै सदस्यले काम गरेर सहयोग पु¥याउदै आएको स्थानिय गुलेदेवी चौधरीले भने ।‘मरनी करनीमा सवै जान्छौं, पात टिपेर, दाउरा काटेर सहयोग गर्छौं’चौधरीले भनिन् । ‘समुहमा वस्दा सवैको मन एउटै हुन्छ ।’ सिसहनिया गाविस वडा नं. ९ भगवानपुरका २५ घर परिवार भुमिहिन सुकुम्वासीको एउटा समुह छ । त्यो समुहमा वस्दै आएका घर परिवारका सदस्यले विगत ७ बर्ष देखी सामुहीक खेती गर्दै आएका हुन् । पाँच कट्ठा भन्दा कम जग्गा भएका भुमिहिन किसानहरुले राप्ती नदीले कटान गरेको वगरमा यो वर्ष वदम खेती गरेका छन् । उनीहरु सवै मिलेर सामुहिक रुपमा वदम र धानको खेती गर्दै आएका छन् ।

andolan

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा