२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विश्वका होचा व्यक्ति डाँगीको शव आईतबार दाङ ल्याइने

१६ आश्विन २०७२, शनिबार ०७:५३

सन्तोषकुमार गुप्ता/ असोज १६, भालुवाङ्ग ।  अमेरिकामा निधन भएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुरको शव भोलि गृह जिल्ला दाङ ल्याइने भएको छ । उपचारका क्रममा अमेरिकामा गत भदौ १८ गते मृत्यु भएका डाँगीको शव २९ दिनपछि शुक्रबार एक मलेशियन एयरलाइन्सबाट नेपाल ल्याइएको थियो ।

chandra bahadur dangi sab

डाँगीको पार्थिव शरिरलाई शनिबार उहाँको गृह जिल्ला दाङ ल्याइने तयारी भएपनि सरकारी व्यवास्थाका कारण १ दिन ढिला गरी आईतबार मात्र दाङ ल्याइने उहाँका भतिजा दोलख डाँगीले बताउनुभयो । सरकारका तर्फबाट अंकलको पार्थिव शरिरलाई सम्मान गर्ने आश्वासन आएको छ त्यसैले भोलि १२ वजे अंकलको पार्थिव शरिरलाई दाङ लैजान्छौं’, डाँगीले भन्नुभयो, ‘अंकल जन्मे हुर्केको ठाउँमै अंकलको अन्तिम संस्कार गर्ने तयारी गरेका छौं ।

वि.सं. १९९६ साल मंसिर १५ गते दाङको पुरन्धारामा जन्मिएका डाँगी २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्लड रेकर्डले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो । कार्यक्रमका क्रममा अमेरिका नजिकैको अमेरिकन सामोआ टापु गएका डाँगी अस्वस्थ भएपछि उपचारको क्रममा लिन्डन बी जोन्सन ट्रपिकल मेडिकल सेन्टरमा भर्ना भएका थिए । उनको गत भदौ १८ गते अस्पतालमा मृत्यु भएको थियो । विभिन्न कारणवश उनको शव नेपाल ल्याउन निकै समस्या परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला