पढ्न करिब 2 मिनेट लाग्छ

राम नारायण पंडित/पुस २८, सिरहा । सिरहा सहित तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित भएका दलित बस्तिमा धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ ।

फाउन्डेशनले गोलबजार नगरपालिका १० धोवियाधार र धनगढीमाई नगरपालिका १३ भर्लेनीमा रहेको मुसहर बस्तीमा जाडोबाट जोगिनका लागि आज (शुक्रबार) कम्बल वितरण गरेको हो ।

गोलबजार नगरपालिका १० मा ६० परिवार मुसहर र धनगढीमाई नगरपालिकामा १३ मा १ सय मुसहर तथा असहाय परिवार गरी कूल १ सय ६० परिवारलाई प्रतिपरिवार १ थानका दरले कम्बल वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

धुर्मुसले कम्बल वितरण गर्ने क्रममा ‘भूकम्प, बाढीपहिरो, शीतलहर जस्ता प्रकोपका बेला तराई, पहाड, हिमाल सबैलाई एकै ठाउँमा जुटेर आपसमा सहयोग गुर्नपर्ने’ बताए ।

धुर्मुस सुन्तली फाउन्डेसनले सञ्चालन गरेको ‘न्यानो वितरण’ कार्यक्रमका लागि गैरआवासीय नेपाली संघ ‘नेपालीको लागि नेपाली’ (एनआरएन आरसीसी चाइना) ले कम्बल उपलब्ध गराइएको समेत उनले बताए।

चिसोका कारण गाउँका अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेको बेलामा कम्बल वितरण गरेर बिर्सनै नसकिने गुन लगाएको’ भन्दै मुसहर समुदायले धुर्मुसप्रति आभार प्रकट गरे।

कार्यक्रममा गोलबजार नगरपालिका १० का बडा अध्यक्ष देब नारायण महतो, ईलाका प्रहरी कार्यालय गोलबजार प्रहरी निरिक्षक राजेश सुबेदी लगायतको उपस्थित रहेको थियो ।

मिर्चैयामा गरिब तथा बिपन्नलाई कम्बल

सिरहा सहितका जिल्लाहरुमा अत्याधिक चिसो बढेपछि जनजिवन कष्टकर भएको छ । चिसोको मध्यनजर गर्दै सिरहामा रहेका गरिव विपन्न समुदायमा कम्वल वितरण गर्ने कार्य जारी रहेको छ ।

मिर्चैया नगरपालिकाले बडा नं. १ र २ मा रहेको दलित, गरिब र बिपन्न परिवारलाई जाडो छल्नका लागि आज (शुक्रबार) कम्बल बितरण गरेको छ ।

नगरपालिकाले बडा नं. १ मा ५० र बडा नं. २ मा ५० परिवार गरि जम्मा १ सय दलित, गरिब र बिपन्न घरपरिबारलाई कम्बल बितरण गरेको हो ।

नगरपालिकाका मेयर श्रवण कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपमेयर जिबछी देबी साह, प्रशासकिय अधिकृत राजेन्द्र पौडेल, वडा नं. १ का बडा अध्यक्ष धनिकलाल यादव र २ का बडा अध्यक्ष लक्ष्मेश्वर कापर लगायतका उपस्थिति रहेको थियो ।