३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँ उद्योग बाणिज्य संघको उद्घाटन, देउखुरीमा अर्काे उद्योग वाणिज्य संघ थपियो

१७ आश्विन २०७२, आईतवार १०:१०

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । लमही र भालुवाङ बजारको विचमा सिसहनिया उद्योग वाणिज्य संघ स्थापना भएको छ । शनिवार एक भब्य कार्यक्रममा विच वाणिज्य संघको उद्घाटन गरिएको छ । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वञ्जाडेले देउखुरीको चौथो उद्योग वाणिज्य संघको रुपमा सिसहनिया उद्योग वाणिज्य संघको उद्घाटन गर्नु भयो । यस अघि देउखुरीमा देउखुरी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र गढवा उद्योग वाणिज्य संघ रहेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले स्वदेशमै उत्पादन मुलक उद्योगहरु नखोलीदा दुई चार दिन नाका वन्दी हुदा समस्या देखीन थालेको वताउनु भयो । औद्योगीक विकासकालागी सरकारले ठोस योजना अघि सार्नुपर्नेमा जोड दिनुभयो । विशिष्टि अतिथि प्रगती नगर विकास समितिका अध्यक्ष गोवद्र्धन रावतले सिसहनियाको विकासकालागी नगर विकास समितिले जग्गा विकास कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्ने ब्यक्ताहरुले वन्द र हड्तालका कारण उपभोक्ता र ब्यापारीहरु मर्कामा परेको भन्दै राजनैतिक दलहरुले वन्द, हड्ताल नगर्ने राजनैतिक प्रतिवद्धता गर्नुपर्नेमा जोड दिएका छन् । वन्द, हड्तालका कारण आर्थिक अर्थतन्त्रमा नराम्रो असर परेको भन्दै वन्द गर्ने संस्कारको अन्त्य हुनुपर्ने वक्ताहरुको भनाई छ ।
सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष सनम कुमार पौडेल, राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गका अध्यक्ष ताराबहादुर डिसी, गढवा उद्योग वाणिज्य संघका उपाध्यक्ष रवि आचार्यले आर्थिक, सामाजिक र सांस्कृतिक विकासकालागी वाणिज्य संघले आफ्ना गतीविधिहरु अघि वढाएको वताउनु भयो ।
कार्यक्रममा राजनैतिक दलका अधिकांस पार्टि प्रतिनिधिहरुले वन्द, हड्ताल नगर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली काङग्रेसका भिमलाल चौधरी, नेकपा एमालेका खिमबहादुर केसी, एकिकृत नेकपा माओवादीका शान्तराज शर्मा पन्थि, राप्रपा नेपालका टेकबहादुर कार्की, राष्ट्रिय जनमोर्चाका माधव प्रसाद आचार्य, थरुहट तराई पार्टिका केन्द्रिय उपाध्यक्ष नन्द कुमार चौधरी, गाविस स्तरीय प्रतिनिधि विष्णु चौधरी, नेकपा एकिकृतका निमबहादुर जिएम, नेकपा–माओवादीका भगवता शर्मा, समाजसेवी प्रकाश विष्ट लगाएतका वक्ताहरुले ब्यापारीक हक अधिकारकालागी संगठीत हुनुपर्ने वताएका छन् ।
सिसहनिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर विसीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन