२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँ उद्योग बाणिज्य संघको उद्घाटन, देउखुरीमा अर्काे उद्योग वाणिज्य संघ थपियो

२०७२, १७ आश्विन आईतवार १०:१०

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । लमही र भालुवाङ बजारको विचमा सिसहनिया उद्योग वाणिज्य संघ स्थापना भएको छ । शनिवार एक भब्य कार्यक्रममा विच वाणिज्य संघको उद्घाटन गरिएको छ । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वञ्जाडेले देउखुरीको चौथो उद्योग वाणिज्य संघको रुपमा सिसहनिया उद्योग वाणिज्य संघको उद्घाटन गर्नु भयो । यस अघि देउखुरीमा देउखुरी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र गढवा उद्योग वाणिज्य संघ रहेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले स्वदेशमै उत्पादन मुलक उद्योगहरु नखोलीदा दुई चार दिन नाका वन्दी हुदा समस्या देखीन थालेको वताउनु भयो । औद्योगीक विकासकालागी सरकारले ठोस योजना अघि सार्नुपर्नेमा जोड दिनुभयो । विशिष्टि अतिथि प्रगती नगर विकास समितिका अध्यक्ष गोवद्र्धन रावतले सिसहनियाको विकासकालागी नगर विकास समितिले जग्गा विकास कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्ने ब्यक्ताहरुले वन्द र हड्तालका कारण उपभोक्ता र ब्यापारीहरु मर्कामा परेको भन्दै राजनैतिक दलहरुले वन्द, हड्ताल नगर्ने राजनैतिक प्रतिवद्धता गर्नुपर्नेमा जोड दिएका छन् । वन्द, हड्तालका कारण आर्थिक अर्थतन्त्रमा नराम्रो असर परेको भन्दै वन्द गर्ने संस्कारको अन्त्य हुनुपर्ने वक्ताहरुको भनाई छ ।
सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष सनम कुमार पौडेल, राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गका अध्यक्ष ताराबहादुर डिसी, गढवा उद्योग वाणिज्य संघका उपाध्यक्ष रवि आचार्यले आर्थिक, सामाजिक र सांस्कृतिक विकासकालागी वाणिज्य संघले आफ्ना गतीविधिहरु अघि वढाएको वताउनु भयो ।
कार्यक्रममा राजनैतिक दलका अधिकांस पार्टि प्रतिनिधिहरुले वन्द, हड्ताल नगर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली काङग्रेसका भिमलाल चौधरी, नेकपा एमालेका खिमबहादुर केसी, एकिकृत नेकपा माओवादीका शान्तराज शर्मा पन्थि, राप्रपा नेपालका टेकबहादुर कार्की, राष्ट्रिय जनमोर्चाका माधव प्रसाद आचार्य, थरुहट तराई पार्टिका केन्द्रिय उपाध्यक्ष नन्द कुमार चौधरी, गाविस स्तरीय प्रतिनिधि विष्णु चौधरी, नेकपा एकिकृतका निमबहादुर जिएम, नेकपा–माओवादीका भगवता शर्मा, समाजसेवी प्रकाश विष्ट लगाएतका वक्ताहरुले ब्यापारीक हक अधिकारकालागी संगठीत हुनुपर्ने वताएका छन् ।
सिसहनिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर विसीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से