३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको पिपरीमा रहेको शिव मन्दिर संरक्षणको पर्खाइमा

१८ आश्विन २०७२, सोमबार ११:३५

सन्तोषकुमार गुप्ता/ असोज १८, देउखुरी । देउखुरीको सिसहनियाँ ४ पिपरी स्थित शिव मन्दिर संरक्षणको पर्खाइमा रहेको छ । मन्दिरको उचित संरक्षण नहुदा अहिले मन्दिर जीर्ण अवस्थामा रहेको छ । आज भन्दा ७३ वर्ष पहिले अर्थात वि.सं. १९९९ मा निमार्ण भएको शिव मन्दिरको संरक्षण हुन नसक्दा अहिले मन्दिरको भित्ता तथा गजुरमा घाँसपात उम्रिनुका साथै पिपल र सिसौको विरुवा समेत उम्रिएको छ ।

सोही गाउँका स्थानीय रामप्रसाद चौधरीका कान्छा हजुरवुवा स्वः पटवारी जगतराम चौधरीले आफ्नै लगानीमा गाउँको वीच भागमा शिवको मन्दिर निमार्ण गरिदिएका थिए । सुरखी सिस्टमबाट बनेको मन्दिरको आफ्नै विशेषता रहेको छ । मनमा शान्ति र पाप नष्ट हुने जनविश्वास रहि आएको मन्दिर भित्र शिवको मुर्ति सँगै पार्वती, गणेशको मुर्ति समेत रहेको छ । मन्दिर निमार्ण पछि केहि वर्ष सम्म पटवारी परिवारले रेखदेख गरेता पनि पछिल्लो समय यता पटवारी परिवारमा अंशबन्डा भई घरवार छुटिए पछि बसाईसराई गरि अन्य ठाउँमा गए पछि मन्दिरको संरक्षणमा कसैले ध्यान नदिदा अहिले मन्दिरमा झारपात उम्रिनुका साथै मन्दिर नै भत्किने अवस्थामा रहेको स्थानीय रामप्रसाद चौधरीले बताए ।

हाल मन्दिरमा नियमित पुजापाठ र माघीमा मेला लाग्ने गरे पनि मर्मत सम्भारका लागि नत गाउँलेहरुको ध्यान जान सकेको छ । नत सम्बन्धीत निकायको ध्यान गएको छ । उता गाविस तथा सम्बन्धीत निकायले शिव मन्दिर सार्वजनिक जग्गामा नरहेकाले सहयोग गर्न नसकिएको सम्बन्धीत निकायहरुले बताएका छन् । तर गाउँलेहरुले भने धार्मिक क्षेत्र जस्तो क्षेत्रमा सहयोग हुनु पर्ने बताएका छन् । हुन त यस मन्दिरको विषयमा बहस र छलफल भने नभएको होइन तर स्थानीय स्तर बाटै पहल गर्ने हो भने भोलीका दिनमा यस मन्दिरको पहिचान बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता