भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

Posted on: 14 Jan, 2018

लोकेन्द्र प्रशाद जोशी/पुस ३०, दार्चुला । दार्चुला जिल्लामा भिरबाट लडेर आइतबार एक पुरुषको घटनास्थलमै ज्यान गएको छ । 

ज्यान जानेमा जिल्लाको दुहु गाउँपालीका वडा नम्बर १ ब्रह्मदेबका ४० बर्षिय प्रेम सिह महरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट इन्सपेक्टर लाल बहादुर साउँद नेतृत्वको प्रहरी टोली  घटनास्थलतर्फ गएको छ । मृतक महराको सब पोष्टमाटमकालागी जिल्ला स्वास्थ्य कार्यालय दार्चुला ल्याइने प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!