पढ्न करिब 1 मिनेट लाग्छ

पुस ३०, संखुवासभा । संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ ।

सदरमुकाम खाँदबारीबाट भुतखोला जाँदै गरेको बा ५ च १३०९ नम्बरको जीप गढीबजार नजिकै दुर्घटनामा परेको हो ।

माघे संक्रान्तिको अवसरमा वरुण मेला जाने क्रममा भएको दुर्घटनामा परी मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष कटुवालसँगै, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ ।

उक्त जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिबराज जोशीका अनुसार उक्त गाडी काठमाडौंबाट गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी टोलीसहित सवार थियो ।