२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आदर्श उच्च माविको अभिभावक भेला सम्पन्न

८ कार्तिक २०७२, आईतवार ११:०५

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । देउखुरीको आदर्श उच्च माध्यमिक विद्यालय लालमटियाको १८ औँ अभिभावक भेला शुक्रबार विद्यालयको प्रगाणमा सम्पन्न भएको छ ।

शिक्षक अभिभावक संघका संयोजक शिवबहादुर कडेलको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालयका देउखुरी क्षेत्रका विद्यालय निरक्षक विनोद गौतमको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलामा विद्यालयका प्राचार्य दामोदर पाण्डेले शैक्षिक सत्र २०७०÷०७१ को १ करोड ५४ लाख ८१ हजार ९ सय ४२ रुपैयाँ ३२ पैसा सहितको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्लस टु संयोजक श्रीकृष्ण शर्मा, विज्ञान संकाय संयोजक बिष्णु पोख्रेल, अँग्रेजी माध्यम शिक्षण संयोजक किरण पोख्रेल र विद्यालयको शैक्षिक गुणस्तर अवस्था तथा व्यवस्था शिक्षक जीवराज शर्माले शैक्षिक कार्यपत्र प्रस्तुत गरेका थिए ।

शिक्षक अभिभावक संघकी सदस्य तथा शिक्षिका कृष्णा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयमा गुणस्तरिय प्रदान गर्न शिक्षक, अभिभावक तथा स्वयम् विद्यार्थीहरुको महत्वपूर्ण भुमिका हुने बताएका थिए ।

उनीहरुले विद्यालयलाई शान्ति क्षेत्र बनाउन कुनै पनि बन्दहड्तालमा निर्वाध रुपमा विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन सबै पक्ष गम्भीर हुनु पर्नेमा समेत जोड दिएका थिए ।

भेलामा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति बिप्लब अधिकारी, लालमटिया स्रोत केन्द्रकै निवर्तमान स्रोत व्यक्ति रामप्रसाद जैसी, नेपाली काँग्रेसका नुमानन्द सुवेदी, नेकपा एमालेका शोभाकर भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरी, पत्रकारद्धय विदुर एमसी र कमल गिरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका दया भण्डारीले गरेकी थिईन् । भेलाले अगामी ३ बर्षे कार्यकालका कुष्णप्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिती सर्वसम्मत चयन गरेको छ ।

जसको सदस्यहरुमा गुरुप्रसाद ज्ञवाली, छमा गैरे, जोहरमान मियाँ, सदस्य सचिवमा प्राचार्य दामोदर पाण्डे रहेका छन् । बाँकी चार सदस्य शिक्षा निमावली बमोजिम समितीको पहिलो बैठकले मनोनयन गरिने बताईएको छ ।

त्यस्तै भेलाले निर्वतमान विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय नयाँ शिक्षक अभिभावक संघ समेत सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला