२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा कर्मचारीले मात्र मनाए २०औँ राष्ट्रिय भुकम्प दिवस

२ माघ २०७४, मंगलवार १२:४१

टेकबहादुर शाही/माघ २, डोल्पा । डोल्पा जिल्लामा २० औँ राष्ट्रिय भुकम्प दिवस कर्मचारीहरुले मात्र मनाएका छन । 

सवल समुदाय र स्थानीय सकार भुकम्पीय सुरक्षको बलियो आधार भन्ने राष्ट्रिय नारा सहित जिल्लामा रहेका सरकार तथा गैरसकारी कार्यालयका कर्मचारि,नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा मनाइएको छ । 

जनस्तर सम्म भुकम्प लगायत बिभिन्न दैवीक प्रकोपहरुबाट कसरी कम जोखिममा पर्न सकिन्छ  भन्नेबारे जानकारी  जानकारि दिने यस्ता दिवसहरुका स्थानीयको नै उपस्थिति नभए पछि दिवस नै औचित्य बिहिन भएको सारोकारवालाहरु बताउछन । 


दैबिक प्रकोपबाट कसरी कम क्षेती ब्यहोर्न सकिन्छ भन्ने सन्देश बोकेको राष्ट्रिय  जिवसमा नै तिन वटै तहका स्थानीय सरकारका जनप्रतिनिधिको उपस्थिति शुन्य हुनुले दुखद कुरा रहेको नेपाल पत्रकार महासंघ जिल्ल शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङले बताए. । उनका अनुसार यस्ता जनचेतनामुलक सन्देशहरु सञ्चार क्षेत्रबाट हरदम प्रचारप्रशारमा रहेको तर स्थानीय सरकार नै मौन रहकोले जनचेनता ग्रामिण स्तर सम्म नपुगेको आरोप लगाए । 

कुनै पनि अति मह्त्वपूर्ण दिवस तथा कार्यक्रमहरु माथिल्ला निकायले मात्र गर्ने तर स्थानीय स्तर सम्म नपुगेको भन्दै सबैले समयमा सजगक हुनु पर्ने डोल्पा उद्योग बाणिजय संघका अध्यक्ष लालिमान बुढाले बताए । उनले भने डोल्पामा भौगोलिक हिसावले मात्र कम क्षेति ब्यहोरेकोले अबका दिनमा भुकम्प प्रतिरोधी संरचनाहरु बनाउनु पर्ने,नक्साहरु पास गरेर मात्र घर बनाउनु पर्ने बताए । 


कुनै पनि क्षेत्रमा महा भुकम्प आएको ७६ बर्ष पछि  फेरि पनि त्यसरी नै महाभुकम्प आउछ भन्ने बैज्ञानीकको भनाइ रहेको हुदा त्यसै अनुसार प्राकृतिक बिपत्तीबाट बच्ने खालका भौतिक संरचनाहरु बनाउनु पर्ने निमित्त प्रमूख जिल्ला अधिकारी बमबहादुर के.सि.ले जानकारि दिए ।

उनका अुनसार दैबिक प्रकोपबाट पर्ने ठुलो क्षेतिका बिषयमा स्थानीय स्तर सम्म जनचेतना दिन नसकेको स्वीकार्दै आजैका दिन देखि सबैले आ–आफ्नो क्षेत्रबाट स्थानीय स्तर सम्म भुकम्प लगायत प्राकृतिक प्रकोपबाट बच्न जनचेतना जोगाउने कार्यक्रम गर्ने प्रतिबद्धता गरे ।


नेपालमा १९९० त्यसैगरि २०४५ र २०७२ बैशाख १२ गते महाबिनसकारी भुकम्पबाट हजारौ नेपालीले ज्यान गुमाउनुका साथै अरबौको जनधनको क्षेती ब्यहोर्नु परेको थियो । यि सबै महाबिनासकारी भुकम्पबाट डोल्पाले भौगोलिक बनावटका तथा केन्द्र बिन्दूनै नजिक नभएको कारण कम क्षेती ब्यहोरेको किर्डाक नेपालका सँयोजक सुरेन्द्र ढकालले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य