२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम हुने

२०७२, ९ कार्तिक सोमबार ००:५१

कात्तिक ९, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि हिन्दुहरुको महान् चार्ड बडा दशैँको अवसरमा सोमबार साँझा भव्य दशैँ बिशेष साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।

सयुक्त युवा क्लव भालुवाङ्गको आयोजनामा बिगतका बर्षहरु झैँ यस बर्ष पनि भव्य रुपमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

वि.सं. २०२६ सालमा तत्कालिन स्वर्गीय लेपटेन खुसलसिंह पुनमगरले शुरु गर्नु भएको दशैँ बिशेष साँस्कृतिक कार्यक्रम अहिले पनि उहाँको सम्झनामा दशैँको अन्तिम दिन पाँचपुन्य तथा पूर्णामामा प्रत्येक बर्ष पुरानो भालुवाङ्ग बजारमा साँस्कृतिक कार्यक्रम गदै आएको क्लवका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिनु भयो ।

क्लवले यस बर्ष पनि ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको बजोड प्रस्तुति संगै स्थानिय कलाकारहरुको प्रतिभालाई प्रमुख स्थान दिईने क्लवका अध्यक्ष डिसीले बताउनु भयो । कार्यक्रममा बोलाईने राष्ट्रिय कलाकारहरुको नाम भने सोमबार नै सार्वजनिक गरिने डिसीको भनाई छ ।

कार्यक्रममा स्थानिय नृत्यहरुका लागि पुरुस्कार समेत दिईने बताएको छ । जसमा प्रथमलाइृ १० हजार, दास्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार र सान्तवनालाई २ हजार नगद र प्रमाण—पत्र प्रदान गरिने डिसीले जानकारी दिनु भयो । कार्यक्रमलाई भव्य र सभ्य बनाउन प्रचार—प्रसार, सरक्षा व्यवस्थापन, कलाकार व्यवस्थापन, स्टेज तयारी, प्रतियोगीको नाम दर्ता लगायतका कार्य अन्तिम तयारमिा पुगेको क्लवले जनाएको छ ।

यसै बीच क्लबले सोमबार साँझा हुने दशैँ बिशेष साँस्कृतिक कार्यक्रममा उपस्थीत भई दिन सम्पूर्ण दाङ्ग देउखुरी, छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची, कपिलबस्तु र रोल्पाबासीमा आग्रह समेत गरेको पत्रकार सन्तोषकुमार गुप्ताले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला