२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्मा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

२०७२, १० कार्तिक मंगलवार १३:१६

सन्तोषकुमार गुप्ता/कात्तिक १०, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि हिन्दुहरुको महान् चार्ड बडा दशैँको अवसरमा मंगलबार रात भर भव्य दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

dang programme

सयुक्त युवा क्लव भालुवाङ्गको आयोजनामा बिगतका बर्षहरु झैँ यस बर्ष पनि भव्य रुपमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सन्पन्न भएको हो । क्लवका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षता एवम् समाजसेवी तथा विशिष्ट सहयोगदाता ऋषि पौडेलको प्रमुख आतिथ्यतामा भएको नृत्य प्रतियोगितामा मनिकापुर युवा क्लव प्रथम, स्टार बाल क्लव भालुवाङ दोस्रो, न्यु डान्स क्रियसन लालमटिया तेस्रो र रोल्पाली एकता समाजले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय स्थानिय कलाकारहरुले रात भरि नै विभिन्न सांस्कृति प्रस्तुतिहरु देखाएका थिए । प्रतियोगितामा प्रथमलाईृ १० हजार, दास्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार र सान्तवनालाई २ हजार नगद र प्रमाण—पत्र प्रदान समेत प्रदान गरिएको थियो । क्लवका पुर्व अध्यक्ष कर्णबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको दशैँ बिशेष साँस्कृतिक कार्यक्रममा दाङ्ग देउखुरी, छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची, कपिलबस्तु र रोल्पा कार्यक्रमबाट समेत हजारौँको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन महेश रिजाल, जमिर शाह र शेरबहादुर मल्लले गरेका थिए । वि.सं. २०२६ सालमा तत्कालिन स्वर्गीय लेपटेन खुसलसिंंह पुनमगरले शुरु गरेका दशैँ बिशेष साँस्कृतिक कार्यक्रम अहिले पनि उनकै सम्झनामा दशैँको अन्तिम दिन पाँचपुन्य तथा पूर्णामाको दिन प्रत्येक बर्ष पुरानो भालुवाङ्ग बजारमा साँस्कृतिक कार्यक्रम गदै आएको क्लवका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से