३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल आउंदै

१० कार्तिक २०७२, मंगलवार १३:२२

सन्तोषकुमार गुप्ता/कात्तिक १०, भालुवाङ्ग । दशैपछि मंगलबार दाङको घोराही र तुलसीपुरका लागि डिजेल र पेट्रोल आउदै छ । साझा सम्म घोराही र तुलसीपुरका लागि ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल आउन लागेको नेपाल आयल निगम इन्धन डिपो दाङले जानकारी दिएको छ ।

क्त २० हजार लिटर पेट्रोल घोराही र तुलसिपुरमा ८(८ हजार लिटर र घोराही तुलसीपुरको बिचका पम्पमा ४ हजार लिटर बाँढेर बिक्रि हुने डिपोका प्रमुख सुजित पोख्रेलले जानकारी दिनुभएको छ । यसैगरी डिजेल पनि घोराही तुलसीपुरमा समानरुपले बितरण गरिने जनाइएको छ ।

कुन कुन पम्पहरुबाट इन्धन बितरण हुने भन्ने अझै एकीन हुन सकेको छैन् । चिठ्ठाको माध्यमबाट पम्पहरुले इन्धन बिक्रि गर्ने छन् । चरम अभाब रहेको इन्धन सबैलाई थोरै भए पनि पुग्ने गरि सिमित मात्रामा बितरण गर्ने तयारी भएको छ । इन्धन अभाबका कारण सडकमा सवारीका साधन कम मात्रामा गुडेका छन् ।

भदौ ३ गते जारी भएको संविधान आफुहरुले भने झै नभएको भन्दै मधेसी मोर्चाले नेपाल भारत नाका बन्द गरे सँगै भारतले पनि त्यसमा सघाउदा एक महिना बढी देखी दाङमा इन्धनको चरम अभाब रहेको छ । पम्पहरुमा इन्धन नपाईदा बजारमा कालाबजारी समेत भएको छ भने मिसावट हुदा कैयौ मोटरसाईकलका इन्जीन सिज भएका छन् ।

यातायात व्यवस्था कार्यालय राप्तीमा दर्ता भएर करिब दाङमा २७ हजार सवारीका साधन चल्ने गरेका छन् । दाङमा दैनिक ४० हजार लिटर डिजेल र हप्तामा ४० हजार लिटर पेट्रोल खपत हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन