२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल आउंदै

२०७२, १० कार्तिक मंगलवार १३:२२

सन्तोषकुमार गुप्ता/कात्तिक १०, भालुवाङ्ग । दशैपछि मंगलबार दाङको घोराही र तुलसीपुरका लागि डिजेल र पेट्रोल आउदै छ । साझा सम्म घोराही र तुलसीपुरका लागि ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल आउन लागेको नेपाल आयल निगम इन्धन डिपो दाङले जानकारी दिएको छ ।

क्त २० हजार लिटर पेट्रोल घोराही र तुलसिपुरमा ८(८ हजार लिटर र घोराही तुलसीपुरको बिचका पम्पमा ४ हजार लिटर बाँढेर बिक्रि हुने डिपोका प्रमुख सुजित पोख्रेलले जानकारी दिनुभएको छ । यसैगरी डिजेल पनि घोराही तुलसीपुरमा समानरुपले बितरण गरिने जनाइएको छ ।

कुन कुन पम्पहरुबाट इन्धन बितरण हुने भन्ने अझै एकीन हुन सकेको छैन् । चिठ्ठाको माध्यमबाट पम्पहरुले इन्धन बिक्रि गर्ने छन् । चरम अभाब रहेको इन्धन सबैलाई थोरै भए पनि पुग्ने गरि सिमित मात्रामा बितरण गर्ने तयारी भएको छ । इन्धन अभाबका कारण सडकमा सवारीका साधन कम मात्रामा गुडेका छन् ।

भदौ ३ गते जारी भएको संविधान आफुहरुले भने झै नभएको भन्दै मधेसी मोर्चाले नेपाल भारत नाका बन्द गरे सँगै भारतले पनि त्यसमा सघाउदा एक महिना बढी देखी दाङमा इन्धनको चरम अभाब रहेको छ । पम्पहरुमा इन्धन नपाईदा बजारमा कालाबजारी समेत भएको छ भने मिसावट हुदा कैयौ मोटरसाईकलका इन्जीन सिज भएका छन् ।

यातायात व्यवस्था कार्यालय राप्तीमा दर्ता भएर करिब दाङमा २७ हजार सवारीका साधन चल्ने गरेका छन् । दाङमा दैनिक ४० हजार लिटर डिजेल र हप्तामा ४० हजार लिटर पेट्रोल खपत हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से