2026-07-24 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अव्यवस्थित तार व्यवस्थापन गर्दै कामपा

माघ ४ काठमाडौँ  | काठमाडौँ महानगरपालिकाले सडकमा रहेको जथाभावी तार व्यवथापनको काम तीव्र बनाएको छ । 

आज बिहान त्रिपुरेश्वर चोकबाट दुई गाडी अव्यवस्थित तार संकलन गरेको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो “सार्वजनिक बिदाको दिन पनि काम गरेका छौँ काम गर्ने थोरै, बिगार्ने धेरै भएपछि सकारात्मक प्रभाव देखिँदैन त्यसका लागि सबै जिम्मेवार हुनुपर्यो ।” संकलन गरिएको तारमध्ये सबैभन्दा बढी संकलित तारमा इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी छ । संकलित तार टेकुमा राखिएको छ । 

सुरक्षाको दृष्टिकोणले जोखिम बनेका भुईंमा लतारिएको तार, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको प्रमुख नगर प्रहरी निरीक्षक थापाले भन्नुभयो । 

धुलो संकलन गर्ने, गैरकानूनीरूपले फोहर फाल्नेलाई निगरानी गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैँ काट्ने वा अन्य निकायले काटेका तार व्यवस्थापन गर्ने अहिलेको नियमित काम भएको उहाँले जानकारी दिनुभयो । 

सडक विस्तारका क्रममा हालसम्मा कामपाले ३० गाडी बराबरको तार व्यवस्थापन गरिसकेकोे र अब छिट्टै सबै स्थानका अव्यवस्थित तार संकलन गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक