२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भाउमा एकरुपता नहुँदा बंगुरपालन व्यवसाय संकटमा

२०७२, १४ कार्तिक शनिबार १८:२६

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । बजार भाउमा एकरुपता र व्यवसायी बीच एकता नहुँदा आफूहरुको व्यवसाय संकटमा परेको दाङका बंगुरपालन व्यवसायीहरुले गुनासो गरेका छन् । बंगुरपालन व्यवसायप्रति सरकारको हेराई नै विभेदकारी हुँदा र कानुनी बाधा अड्चनले आफूहरुको व्यवसाय धरापमा परेको उनीहरुको भनाइ छ ।

घोराहीमा शनिबार भएको बंगुरपालन व्यवसायी संघ दाङको प्रथम दाङ जिल्ला सम्मेलनका सहभागी व्यवसायीहरुले थुप्रै चुनौती मोलेर बंगुर पाल्दा पनि उचित बजार भाउ भने नपाएको गुनासो गरेका हुन् । महंगो दाना किनेर खुवाउनुपर्ने बाध्यता, समाजमा बंगुरप्रतिको नकारात्मक दृष्टिकोणले पनि व्यवसाय फस्टाउन नसकेको उनीहरुको भनाइ थियो । बंगुरपालन व्यवसायी संघ तदर्थ समितिका अध्यक्ष दुर्गाबहादुर वलीको अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष उमेश राईको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे र जिल्ला पशु सेवा कार्यालय दाङका वरिष्ठ पशु विकास अधिकृत जगत सिंखडाको विशिष्ट आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राईले आफूहरुप्रति सरकारको हेराई नै विभेदकारी रहेको भन्दै त्यस्तो व्यवहार परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । बंगुरपालन व्यवसायलाई व्यवस्थित गर्दै आत्मनिर्भरतालाई जोड दिनसके थुपै्र युवाहरु खाडी मुलुकमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने सहभागीहरुको धारणा थियो । विभिन्न समस्याले प्रभावित बंगुर व्यवसाय पछिल्लो समय भारतको नाकाबन्दी, बन्दहड्ताल जस्ता गतिविधिले निकै असर पुगेको बंगुर पालक जीतबहादुर घर्तीले गुनासो गर्नुभयो ।

यसैबीच दाङमा १६ हजार ५ सय १९ जना बंगुरपालन व्यवसायमा आवद्ध रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । विशेषगरी पछाडि परेका समुदाय बंगुर पालनमा आवद्ध रहेको र त्यसमा पनि व्यवसाय संकटमा पर्न थालेपछि आफूहरु मारमा परेको उनीहरुको भनाइ थियो । संघका उपाध्यक्ष धनिमाया बुढाको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव चित्रबहादुर पुनले गर्नुभएको थियो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से