२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कण्डम उपहार लैजान लमही वसपार्कमा चहलपहल

२०७२, १४ कार्तिक शनिबार १८:२९

condomसन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । लमहीको वसपार्कमा निःशुल्क कण्डम लैजानेहरुको चहलपहल थियो । राष्ट्रिय कण्डम दिवशको अवसरमा उपहार स्वरुप यहाँ कण्डम वाँडीएको हो । तर, कण्डमको नाम सुन्दा वित्तिकै नाकै खुम्च्याउनेहरु पनि भेटीए । कण्डम प्रति अझै पनि मानिसहरुको संकुचीत धारणा छ । यो धारणा सुस्त सुस्त परिवर्तन हुन थालेको अभियानकर्ताहरुले वताउने गरेका छन् । राष्ट्रियकमण्डम दिवशको अवसरमा उपहार स्वरुप वसपार्कमा वाँडन राखीएको कण्डम पत्रिकाले प्याक गरीएको थियो ।

किन प्याक गरिएको भन्ने प्रश्नमा नेपाल यौन रोक तथा एड्स अनुसन्धान केन्द्र लमहीका कार्यक्रम संयोजक वसन्त आचार्यले भन्नुभयो‘सार्वजनिक रुपमा कण्डम लैजान हिचकिचाउने मानिस पनि छन्, उनिहरुको सजिलोकोलागी पनि पत्रिकाले प्याक गरेर कण्डम वितरण गरेका हौं ।’ कतिपय यूवा स्वस्फुर्त कण्डम खोज्दै आए । केहीले भने कण्डम भन्दा वित्तिकै नाक नै खुम्च्याए । कण्डम वितरणमा भने किशोरीहरु खटीएका थिए ।‘जमाना कहाँ पुगीसक्यो, अझै कण्डम भन्दा वित्तिकै लजाउनेहरु पनि छन्’शारदा विकले भन्नुभयो–‘यौनरोग र एचआईभि वाट वच्न यो भन्दा उत्तम उपाए अरु केही छैन् । दिवशको नारानै दोहोरो सुरक्षाकालागी कण्डममा पहुँच बढाऔं राखीएको छ । वस पार्कवाट मात्रै तिन हजार कण्डम वितरण गरिएको छ । सार्वजनिक सवारी साधनका चालक, सहचालक, वटुवा लगाएतका सर्वसाधारणले कण्डम लगेका छन् । तर, कण्डम लैजानेमा सवै पुरुष छन् । महिलाहरुले कण्डम भने लगेका छैनन् ।‘पुरुषहरुले मात्रै कण्डम लग्नु भएको छ’कार्यक्रम संयोजक वसन्त आचार्यले भन्नुभयो–‘कण्डम वितरणमा महिलाहरु खटीएपनि लैजानेमा महिला छैनन् ।’ कण्डम प्रतिको संकुचीत धारणा हटाउन अझै सचेतना कार्यक्रमको आवश्यक्ता छ ।

विद्यालय स्तर र अभियभाक तहमा पनि सचेतना मुलक कार्यक्रम चलाउनु पर्ने आवश्यक्ता औंल्याइएको छ । कण्डमका वारेमा दिवशको अवसरमा मात्रै वहश गर्नेभन्दा पनि हरेक चरणमा यसको सही सुदुपयोगका वारेमा कार्यक्रम चलाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से