२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

साझासवालकर्मी जोशी कालापानी श्रृजनशील पत्रकारिता पुरस्कारबाट सम्मानित

५ माघ २०७४, शुक्रबार १०:४३

माघ ५, दार्चुला । कालापानी श्रृजनशील पत्रकारिता पुरस्कार २०७४ बाट साझासवाल डटकमका दार्चुला जिल्ला सम्पादक र सारथी एफ.एम. दार्चुलामा कार्यरत पत्रकार लोकेन्द्र प्रशाद जोशी पुरुस्कृत हुनुभएको छ । 


दार्चुला जिल्लामा सुशासन, पारदर्शीता, जवाफदेहिता र सञ्चारको क्षेत्रमा क्रियासिल नागरीक संस्था मिडिया बिकास समाज नेपालद्धारा स्थापना गरीएको कालापानी श्रृजनशील पत्रकारिता पुरस्कारबाट शुक्रबार पत्रकार जोशी एक औपचारीक कार्यक्रमकाबिच सम्मानित भएका हुन ।

मिडिया बिकास समाज नेपाल दार्चुलाको दशौ साधारणसभा कार्यक्रमको अबसरमा जोशीलाइ सम्मानपत्रका साथै पुरस्कार राशी रु. ५ हजार १ सय ११ रुपैया नगद सहित सम्मानित गरीएको मिडिया बिकास समाज नेपालका कार्यकारी निर्देशक एब. पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले जानकारी दिनुभयो । 


दार्चुला जस्तो बिकट क्षेत्रमा बिबिध चुनौतिका बिच पत्रकारीताको क्षेत्रमा क्रिर्यासिल भएर काम गरेको भन्दै जोशीलाइ सम्मानित गरीएको उहाले जानकारी दिनुभयो ।

दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोली घर भएको जोशी बिगत २ बर्षदेखी पत्रकारीता क्षेत्रमा क्रिर्यासिल रहनुभएको छ । एक लाख अक्षयकोष रहेको उक्त पुरुस्कारबाट हरेक बर्ष सञ्चारको क्षेत्रमा योगदान पुर्याएका एक जना पत्रकारलाइ सम्मानित गरीदै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला