१२ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटे धामीदाइलाई ‘नुवाकोट घर’ को अभिनन्दन

६ माघ २०७४, शनिबार १२:०३

माघ ६, काठमाडौँ । नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । 

गोर्खालीको कुलदेवीका रुपमा मानिने भैरवीका पुजारीलाई नुवाकोट घरका तर्फबाट पर्यटन व्यवसायी विक्रम पाँडेले नगद रु २५ हजारसहित सम्मान गर्नुभएको हो । 

ऐतिहासिक धरोहर नुवाकोट दरबार र भैरव मन्दिरको पहिचानलाई प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले नुवाकोटको धरोहरको रुपमा रहेका धामीदाइलाई अभिनन्दन गरिएको व्यवसायी पाँडेले बताउनुभयो । 

परम्पराअनुसार १२ वर्षसम्म भैरव देवी स्थान मन्दिरका पुजारी धामीदाइ नुवाकोट परिसरभन्दा बाहिर निस्कन नमिल्ने कथन छ । प्रत्येक १२ वर्षमा राष्ट्र प्रमुखको हातबाट नयाँ पोशाक परिवर्तन गर्ने परम्पराअनुसार धामीदाइ काठमाडौँ आउनुभएको अवसर पारी उहाँलाई सम्मान गरिएको हो । 

धामीदाइका आफन्तसमेत रहेका पर्यटन व्यवसायी राजेन्द्रमान डंगोलका अनुसार धामीदाइ परम्पराअनुसार यही प्रयोजनको लागि मात्र तादी खोला तरेर नुवाकोट बाहिर निस्कन सक्नुहुन्छ । 

प्रत्येक वर्ष आयोजना गरिने सिन्दूरे जात्रामा धामीदाइले प्रयोग गर्ने पोशाक, गहनालगायत पहिरन प्रत्येक १२ वर्षमा परिवर्तन गर्नुपर्ने प्रथा रहिआएको छ । 

अठहत्तर वर्षीय धामीदाइको पोशाक परिवर्तन यो छैटौँ पटक हो । उहाँले पहिले विसं २०१९, २०३१, २०४१, २०५२ र २०६३ मा राष्ट्रप्रमुखबाट पोशाक परिवर्तन गर्नुभएको थियो । पछिल्लो पटक तत्कालीन राजा वीरेन्द्र शाहबाट पोशाक परिवर्तन गरेको उहाँले बताउनुभयो । 

उहाँले नुवाकोटदेखि आएर नुवाकोट घरको सम्मान पाउँदा आफू ज्यादै हर्षित भएको बताउनुभयो । धामीदाइको बस्त्र गुरुजुले तन्त्रमन्त्र गरेपछि लगाइन्छ । यस वर्षको समय भने अहिलेनै यकिन भएको छैन । 

धामीदाई भने झण्डै तीन सातादेखि काठमाडौँमै हुनुहुन्छ । मल्लकालीन राजाको पालाभन्दा अघिदेखि यस्तो परम्परा रहिआएको बताइन्छ । भैरवीको हेरविचार र स्याहारसुसार राज्यबाटै हुँदैआएको छ । 

सो अवसरमा नुवाकोट घर परिसरमा निर्माण गरिएको नुवाकोटको साततले दरबारको प्रतीक धामीदाइले उद्घाटन गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले औपचारिक रुपमा भन्यो: कुलमान हटाइए, हितेन्द्र शाक्य नियुक्त सरकारले कुलमानलाई हटाएर ‘कायरताभित्रको दम्भ’देखायो: रास्वपा इन्स्पेक्टर महत मृत्यु प्रकरणमा प्रेमीसहित दुई जना थुनामा कुलमानका पक्षमा प्रदर्शन, सिंहदरबार गेटमा युवा पक्राउ कुलमानमाथि लक्षित गर्दै ओलीको प्रश्न: नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो ? बालेनलाई युवा संघको चेतावनी, समाजलाई भड्काउने काम नगर प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएको भन्दै भरतपुर विद्युतका हाकिम माथि आक्रमण पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान कुलमानलाई हटाएपछि नियुक्त भएका शाक्य भन्छन्- कुलमानले उधारोको समय पाउनुभयो, बल्ल न्याय पाएँ कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन सिरहामा खोला किनारमा भेटियो बोराभित्र शव झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी प्रमाण देखाउँदै बालेनले भने– गलत भए मलाई जेल हाल १०० रुपैयाँ फिर्ता नदिँदा ओमप्रकाशको हत्या, आरोपी पक्राउ कोइला बोकेको ट्रक त्रिशुलीमा खस्दा चालकको मृत्यु   आजको मौसम: बिभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना कुलमान हटाएको विरोधमा रवि लामिछानेले गरे मैन बत्तीबालेर मौन बिरोध माओवादी अध्यक्ष प्रचण्डले भने ‘यो खबर असत्य सावित होस्’ अन्तत: कुलमानलाई सरकारले हटाई छाड्यो, हितेन्द्रदेव साक्य नियुक्त