१० चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली र कोरियालीका चित्र प्रदर्शनीमा

९ माघ २०७४, मंगलवार १०:४४

माघ ९,  काठमाडौँ | नेपाल र गणतन्त्र कोरियाका करिब ३५ कलाकारका कलाकृति नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ । 

संस्कृति आदानप्रदान गर्ने उद्देश्य राखेर दुवै देशका १९–१९ कलाकारका कला प्रदर्शनीमा छन् । शनिबारदेखि शुरू भएको प्रदर्शनी ‘इन्टररिफ्लेक्सन’को उद्घाटन शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले गर्दै नेपालको परिवर्तनलाई संस्थागत गर्न दक्षिण कोरियाले सघाओस् भन्ने अपेक्षा गर्नुभयो । 

कलाकार तथा कला लेखक मदन चित्रकारले नेपाली कलाकारले समसामयिक सन्दर्भलाई सटिक र आकर्षक रुपमा प्रस्तुत गर्न सफल भएको बताउनुभयो । 

कोरियाली प्रा इम गुन उले काठमाडौँमा रहँदा कला प्रदर्शनी र गोष्ठी पनि आयोजना गरिने जानकारी दिनुभयो । 

प्रदर्शनीमा शशी शाह, वीरेन्द्रप्रताप सिंह, गोविन्द डंगोल, जीवन राजोपाध्याय, देवेन्द्र थुम्केली, मुकेश श्रेष्ठ, वरुण पोखरेल, प्रवीण श्रेष्ठ, प्रदीप अधिकारी, भूफान लिम्बू, विक्कुकुमार थापा, मन गुरुङ, मुना भँडेल, नरबहादुर विक, नेमबहादुर तामाङ, पाकबहादुर थापा, प्रभात श्रेष्ठ, उमेश साहलगायतका चित्र राखिएका छन् । 

त्यसैगरी कोरियाबाट ली जे साङ, किम उन क्यू, ली क्वान उ, छो सङ यङ, ए रियोङलगायतका चित्र राखिएका छन् । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्युपछि तनाव घरमा बाल्न भन्दै काठमाडौँको सडकबाट ‘बल्ब’ चोरेपछि… भेटी टिप्ने क्रममै विवाद भएपछि राईको हत्या नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने, अमेरिकाले फेरि दियो अनुमति लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग कानुन उल्लंघन गर्नेमाथि कठोर बन्दै साउदी सरकार : एक हप्तामा २५ हजार अवैध आप्रवासी पक्राउ अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु, १५ घाइते करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु सुशान्तको मृत्यु प्रकरण: सीबीआईले बुझायो अन्तिम प्रतिवेदन काठमाडौँमा बसले किच्दा एक व्यक्तिको मृत्यु बसको सिटमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो नाउपाको बैठकमा सीके राउतको सम्बोधन, रेशम र रञ्जिताबारे के भने ? भिम रावलले उठाए ओली नेतृत्वको सरकारले गरेका काममा प्रश्न प्याजको भाउ बढ्यो, कति पुग्यो किलोको? भक्तपुरमा ढुंगाले हिर्काएर एक पुरूषको हत्या तालिबानको दाबी- अमेरिकाले हाम्रा ३ नेताविरुद्ध घोषित इनाम हटायो पश्चिमी वायुको प्रभाव कायमै, वर्षा र हिमपातको संभावना के छ ?