२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अपार्टमेन्ट’मा आगलागी हुदा चारको मृत्यु: १३ घाइते

२०७४, ९ माघ मंगलवार ११:५९

माघ ९, चीन |  चीनको सान्सी प्रान्तमा रहेको एक ‘अपार्टमेन्ट’ भवनमा मङ्गलबार बिहान भएको आगलागीमा परी चार व्यक्तिको मृत्यु भएको छ । 

स्थानीय समयाअनुसार मङ्गलबार बिहान सबेरै १:३० बजे भएको यस आगलागीमा परी अन्य १३ जना घाइते भएका थिए । 

प्रान्तीय राजधानी सियानको यान्टा जिल्लामा रहेको पाँच तले यस भवनमा अझै पनि १९ व्यक्ति फसेर रहेको अनुमान अग्नीनियन्त्रकले गरेका छन । 

यस अपार्टमेन्ट भवन आगलागीमा फसेका चार जनाको शव क्रेनले तानेर निकालिएको बताइएको छ । त्यसैगरी अन्य १५ जनाको जीवितै उद्धार गरिएको र दुई व्यक्ति गम्भीर घाइते भएका छन् । 

एघार जना सामान्य घाइते भएका र अन्य दुई जना भने सकुशल रहेका पनि बताइएको समाचारमा जनाइएको छ । 

पहिलो तलामा विद्युतीय लाइनमा आएको खरावीको कारण सो आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्राप्त अर्को समाचारमा जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय