१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

यसरी खरानी बन्दैछ, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

९ माघ २०७४, मंगलवार १६:२३

टेकबहादुर शाही | माघ ९, डोल्पा | शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा भिषण आगलागी हुदा बन खरानी हुदै गएको छ । मंसिर २५ गते देखि लागेको आगो नियन्त्रण भन्दा बाहिर रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय डोल्पाले जानकारि दिएको छ । 

शे फोक्सुण्डो तालको नजिकै रहेको रिसेब बनमा भिषण आगलागि भए पछि बन्यजन्तुको वसोवास पनि खरानीमा परिणत भएको छ । तालको छेउमा रहेको रिसेव बनमा कस्तुरी,मृग लगायत डाफे र अन्य बन्यजन्तुहरुको बाक्लो बसोवास गर्ने क्षेत्रका रुपमा परिचित रहेको थियो । बिषण आगलागिबाट त्यस बन क्षेत्रमा बासस्थान बनाएका सबै बन्यजन्तु र चराचुरुङगी कति मरे र कता गए भन्ने कुनै पत्तो छैन । 


करिव ३ हजार ८सय  मिटरको उचाइमा रहेको यो रिसेव बनमा सयौ बर्ष पहिले देखिका सुकेका काठ र स्याउला भएको कारण आगो नियनत्रण भन्दा बाहिर गएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरिले जानकारि दिए । उनका अनुसार तालबाट भाडामा बोकेर पानि लिनु पर्ने बाध्यता रहेको र अत्यन्त जोखिम क्षेत्रमा आगो लागेका कारण पनि आगो नियन्त्रण भन्दा बाहिर रहेको बताए । 

दुइ साता भन्दा धेरै लामो समय देखि लागेको आगोबाट करिव ८ हेक्टर बन जलेर खरानी भएको छ । सुख्खा खडेरिको बेलामा आगलागिले झनै ठुलो क्षेति भएको र कस्ले आगो लगायो भन्ने कुराको कुनै जानकारि नरहेको संरक्षण अधिकृत चौधरिले बताए । 


आगलागिबाट करोडौको क्षेति भएको अनुमान राष्ट्रिय निकुञ्जले गरेको छ । थासुङछोलिङ गुम्बाको रिसेब बनमा लागेको आगो प्रत्यक घरका एक–एक जना स्थानीय,राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएको सुम्दुहा चेकपोष्टका नेपाली सेना र निकुञ्जका कर्मचारि गेमस्काउटहरुले दैनिक निभाउने काम गरि रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारि दिएको छ । 

गएको एक महिनमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा एक दर्जन भन्दा धेरै ठाँउमा आगलागि भएको छ । आगलागिबाट जडीबुटि,बन्यजन्तु,चराचुरुङगी,बन गरि करोडौको क्षेति भएको स्थानीयले अनुमान गरेका छन । यस बर्ष हिमपात नभएको र सुख्खा खडेरिमा चोरी शिकार गर्नेहरुले आगो लगाएको हुन सक्ने स्थानीयको दावी रहेको छ । तर यता शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले भने चोरि शिकार नहुने बताउछ । 


भौगोलिक रुपमा ठुलो क्षेत्रफल रहेको डोल्पा जिल्लामा ३ हजार ५ सय बिर्गा किलोमिटर क्षेत्रफल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको छ । डोल्पा र मुगुको राविकका डोल्फु अनि किम्री गाविस समेत रहेको यो राष्ट्रिय निकुञ्ज उच्च हिमश्रृङखाल, ताल, अनि लोपउन्मुख हिउचितुवा लगायत बन्यजन्तु र जडिबुटीको प्रख्यात क्षेत्रका रुपमा परिचत रहेको छ । 

तश्विर: टेकबहादुर शाही / साझासबाल- डोल्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार