2026-10-29 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो पटक डोल्पामा हिमपात, कृषक खुसी

टेकबहादुर शाही/माघ १०, डोल्पा । डोल्पा जिल्ला लगाएत हिमाली जिल्लामा यस बर्ष पहिलो पटक हिमपात भएको छ । 

मँगलबार रातिबाट उच्च हिमाली भ्भागमा हिमपात भएको हो । गत बर्ष भन्दा यो बर्षमा हिमपात ढिला नै भए पनि कृषकहरु खुसि भएका छन ।

अत्याधिक हावाहुरि र धुलोले जिल्ला भरि नै रुघाखोकि लगायतका भाइरलले प्रभाबित भएको बेलामा हिमपात भएपछि जिल्ला भरिका स्थानीयहरु खुसि भएका छन । यस बर्ष हिउदको समय सूरु भए देखि पहिलो पटक मँगलबार राती हिमपात भएको हो । 

एक्कासि हिमपात भए पछि मथिल्लो डोल्पाको जनजिवन पूरै प्रभावित भएको छ । माथिल्लो डोल्पामा करिव एक फिट बरावर हिमपात भएको अनुमान गरिएको छ । तल्लो डोल्पका अधिकांश भुभाग सेताम्मे भएका छन भने हिमपातले जनजिवन प्रभाबित भएको छ । 

राती नै एकाएक हिमपात हुन थाले पछि डोल्पाको तापक्रम माइनस १० सम्म पुगेको स्थानीय कर्णबहादुर शाहीले जानकारि दिए । उनले भने केहि दिन यता भन्दा हिमपात पछि बुधबार बिहानको तापक्रम माइनस १० सम्म पहिलो पटक पुगेको बताए ।

हिउदको समयमा मँसिर देखि फागुन सम्मको हिमाली जिल्लामा हिमपात भएमा यस क्षेत्रका कृषकका लागि खाद्यान्न वाली सप्रने बिश्वास रहेको छ । जति धेरै हिमपात भयो त्यति नै खेतिपाती राम्रो हुने जगदुल्ला गाउपालिकका स्थानीय हस्तरुपा लामाले बताइन । उनले भनिन हिउदको हिउमा मल हुन्छ त्यसैले खेतिपाती राम्रो हुन्छ । 

हिउदको समयमा धेरै हिमपात हुदा डोल्पामा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बाको लागि राम्रो मानिन्छ । हिमपातको समयमा पानिको मात्रमा धेरै हुने र यार्सागुम्बा सप्रने स्थानीय आङबादुर लामाले बताए । उनले भने डोल्पा लगाएत हिमाली जिल्लामा हिमपातका कारण यहाको खेतीपाती राम्रो हुने भएकोले कृषकहरु पनी धेरै सन्तुस्टी तथा खुसी मिलेको छ भने । 

हिमपात भएसंगै डोल्पामा चिसौ दैनिक बढ्ने अनुमान गरिएको छ । हिमपातले डोल्पा जिल्लामा पाइने यार्सागुम्बा, कटुकी, जटामिस, सेतोचिनी, गुच्छीच्याउ, सतुवा, रातोच्याउ लगाएत डोल्पामा पाइने बिभिन्न प्रकारका बहुमुल्य जडीबुटीको उत्पादनमा बृद्धी हुने भएको स्थानिय उद्योग ब्यावसायी भक्तबहादुर थापाले बताए । 

लामो समय सम्म हिमपात नहुदा डोल्पाका कृषकले लगाएको बन्नबाली खडेरिले सुक्न थाले पछि चिन्तीत भएका थिए । गए राति परेको हिमपातका कारण सबै कर्षकहरुमा खुसी छाएको छ । 

यस बर्षको हिउदमा पहिलो पटक हिमपात भए पछि हिउ खेल्नेहरुको पनि रहर पूरा भएको छ । सदरमुकाम दुनै बजार सम्म हिउ नजमे पछि हिउ खेल्नको लागि स्थानीय, कर्मचारिहरु डाडा डाडामा पुगेका छन । 

जिल्लाको सदरमुकाम दुनै र त्रिपूराकोटमा बाहेक अन्य सभै क्षेत्रमा हिमपात भएको छ । 

हिमपातको कारण डोल्पाको जुफाल बिमानस्थल पनि अबरुद्ध भएको छ । बिमानस्थल अबरुद्ध भए पछि यात्रुहरु पनि मर्कामा परेको जुफाल बिमानस्थलले जानकारि दिएको छ । 

तल्लो डोल्पका कृषकहरु हिमपातले खुसि भएका छन भने माथिल्लो डोल्पाका स्थानीयलाइ हिमापत भारि भएको छ । हिमपात पछि तल्लो डोल्पा आउने सबै बाटोहरु बन्दहुने र याक,च्याङग्रा र घोडाहरु हिउ पहिरोमा परेर मर्ने भएकोले माथिल्लो डोल्पा वासिका लागि हिमपात भारि पर्ने गरेको शे–फोक्सुण्डो गाउपालिकाका चौरि गोठाला छिङटाइ लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम