२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा मुल सुकेपछि खानेपानीको हाहाकार

२०७४, ११ माघ बिहीबार १६:१९

टेकबहादुर शाही/माघ ११, डोल्पा । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालीकाको रसि गाउँमा खानेपानिको हाहाकार भएको छ । 

लामो समय देखी रसि गाउँका स्थानिय बासिन्दाहरुले खानेपानीको समस्या भोग्दै आएका छन । गाउको नजिकै रहेको एक मात्र मुलको पानी सुकेपछी गाउले वासिहरुलाइ खानेपानिको समस्या भएको स्थानिय करण बुढाले बताए । 

त्रिपुरा सुन्दरी नगरपालीकाको वडा नं २ रसी गाउका ३ वटा बस्ती गुम्बा गाउ,डाडा गाउ र रसी माझगाउका १ सय १० घरधुरीका स्थानियहरुले हप्तौ  खानेपानिको समस्या भोग्दै आएको स्थानीय पूर्ण बुढाले जानकारि दिए । उनका अनुसार रसी गाउका स्थानिय बासिन्दाहरु हाल खोलाको फोहोर पानि खान बाध्य रहेको समेत बताए । 


बस्ति नजिकैको मुलबाट गाउमा एक मात्र खानेपानीको धारा थियो तर मुल सुक्दै गए पछि स्थानीयले खानेपानिको अभाव खेप्नु परेको स्थानीय बुढाले बताए । उनले भने मुलको पानिको भर पर्नु पर्ने बाध्यता रहेकोले यस्तो समस्या बर्षेनी भोग्दै आउनु परेको दुखेसो सुनाए । 

गाउको नजिकै पाएक पर्ने ठाउमा अन्य खोला तथा मुल नभएको कारण खानेपानिको समस्या कहिले पनि समाधान नभएको स्थानीयहरु बताउछन ।

हिदको समयमा हिउ नपरे पछि सुख्खा खडेरी भएको र सुख्खा खडेरिको बेलामा पानीको मुहाननै सुके पछि पानिको हाहाकार भएको स्थानीय बताउछन । सुख्खा खडेरि झनै बढे पछि मुल सुकेको र गाउमा खानेपानिको अभाब बढेको स्थानीयहरुको ठ्म्याइ रहेको छ । मान्छेलाइ नै खानेपानिको अभाब भएको अबस्थामा गाइबस्तुहरुलाइ २ घण्टा तल झारेर सुलिगार्डको खोलामा लगेर पानि खुवाउने गरेको स्थानीयहरु बताउछन । 

लामो समय सम्म खानेपानी धारामा नआए पछी गाउका स्थानिय आधा घण्टा टाढा रहेको खोलाको फोहोर पानी खान बाध्य भएको स्थानिय ज्ञानु बोहोराले बताए । उनका अनुसार अहिले खोलाको पानी खान आधा घण्टा हिड्नु पर्ने र पानि भर्नको लागि बिहान देखी दिउसो सम्म पालो कुरेर पानी ल्याउने गरेको बताए । 

खोलाको फोहोर पानिले स्थाानीयको स्वास्थ्यमा समस्या आउन थालेको छ । चिसो मौसम र धमिलो फोहोर पानिले स्वास्थ्यमा समस्या पार्दै गएको अगुवाहरु बताउछन । स्थानिय तहको निर्बाचन संगै गाउ गाउमा सिंहदरबारको अनुभुती गर्न पाउने भनेता पनी बर्षौ देखि आफुले खानेपानि समेत प्रायाप्त मात्र खान नपाएको स्थानीयहरु बताउछन । 

माघको महिनामा मै मुलको पानि सुके पछि चैत्र बैशाखकाको खडेरिमा के हुने हो भनेर स्थानीयहरु त्रसित भएका छन । हरेक बर्ष यो बस्तिमा खानेपानिको समस्या पर्दै गएको भए पनि सरोकारवाला निकायले भने कुनै चासो नदिएको नागरिक समाज डोल्पाको आरोप रहेको छ । 

कि त हजारौ मिटर टाढा भए पनि पानिको ब्यवस्था गर्नु पर्ने कि त्याहाको बस्तिनै अन्यत्र सार्नु पर्ने अबस्था आउने नगारिक समाजको भनाइ रहेको छ । यो बस्तिमा हरेक बर्ष खडेरिको बेलामा खानेपानिको अभाव पर्ने गर्दछ । डोल्पाम यस्ता गाउहरु आधा दर्जन बराबर रहेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने